×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अमेरिकामा अवतरण हुनु अघि एयरपोर्ट नजिकै विमान दुर्घटना, ६ जनाको मृत्यु

२४ असार २०८०

२४ असार, एजेन्सी ।
अमेरिकामा विमान दुर्घटना भएको छ । विमान लस भेगासबाट क्यालिफोर्निया जाँदै थियो। लस एन्जलस र सान डिएगोको बीचमा रहेको क्यालिफोर्नियाको मुरिटा सहरको एयरपोर्ट नजिकै एउटा सानो विमान दुर्घटना भएको छ । रिभरसाइड काउन्टी सेरिफको विभागले आपतकालीन सेवाहरूले फ्रेन्च भ्याली एयरपोर्ट बाहिरको मैदानमा विमान फेला पारेको बताएको छ।

त्यसपछि यो विमान आगोले जलेको थियो। विमानमा सवार सबै ६ जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ । उनीहरुको परिचय भने खुल्न सकेको छैन । दुर्घटनाग्रस्त विमान सेस्ना सी ५५० हो । यो विमान बिहान ४.१५ बजे दुर्घटना भएको जानकारी दिइएको छ । आगलागीबाट करिब एक एकडमा रहेको जङगल जलेर नष्ट भएको अग्निनियन्त्रक अधिकारीहरुले जनाएका छन् ।

आगो एक घण्टाभन्दा बढी समयपछि नियन्त्रणमा आएको थियो । अमेरिकी संघीय उड्डयन प्रशासनले राष्ट्रिय यातायात सुरक्षा बोर्डसँग मिलेर दुर्घटनाको अनुसन्धान गरिरहेको छ। प्राप्त जानकारी अनुसार लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ३.१५ बजे विमान उडेको थियो ।

उडड्यन अनुशन्धानकर्ता मध्येका एक इलियट सिम्पसनले पाइलटले अवतरण गर्ने योजना बनाइरहेको बेला दुर्घटना भएको हुन् सक्ने बताएका छन् । तर त्यसभन्दा केही समयअघि जताततै धुवा र धुलोको तह फैलिएको थियो, जसका कारण देख्न कठिन भएको थियो । पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आफूलाई गाइड गर्नका लागि बताएका थिए ।

यो अवस्था सामान्यतया रनवे नदेखिने र पछि पाइलटले विमान अवतरण गर्ने प्रयास गर्दा हुने गर्दछ । विमान धावनमार्गभन्दा ५ सय मिटर अगाडि दुर्घटना भएको थियो । उनले दुर्घटनाको कारणबारे अमेरिकी संघीय उड्डयन प्रशासनले राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गर्ने बताएका छन् ।

केही दिन अगाडि पनि त्यहाँ विमान दुर्घटना भएको थियो । सिंगल इन्जिन भएको सेसना १७२ विमान मंगलबार मुरिएटाको फ्रेन्च भ्याली एयरपोर्टबाट उडेको केही समयपछि दुर्घटनामा परेको थियो । यस दुर्घटनामा पाइलटको मृत्यु भएको छ । तीन बालबालिका गम्भीर घाइते भएका छन्, जसको उपचार भईरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top