×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओलीले कहिले छाड्ने कुर्सी ? आफै तोके मिति

१५ श्रावण २०८१

१५ साउन , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अहिलेको कार्यकाल कति समय रहने भन्ने खुलाएका छन् । आज एक कार्यक्रममा बीच ओलीले आफू प्रधानमन्त्री बनेको दुईवर्ष पुग्नुभन्दा एकसाता अघि नै राजीनामा दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेससँगको सहमति अनुसार सत्ता हस्तान्तरणमा ओलीबाट इमान्दारीता हुने÷नहुने भन्दै संशय व्यक्त गरिएका बेला उनले यस्तो घोषणा गरेका हुन् ।मंगलबार सिंहदरबारमा सरकारमा सहभागि मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू दुई वर्षका लागि मात्रै प्रधानमन्त्री बनेको दाबी गरे ।

‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो,’ प्रधानमन्त्री ओलीले भने,‘दुईवर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन ।’ त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेर चुनावसम्म जाने उनले बताए ।

‘यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन,’ प्रधानमन्त्री ओलीले भने । कांग्रेस–एमाले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी भएको बताउँदै प्रधानमन्त्री ओलीले राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन जितेर आएका पार्टीले मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको पनि बताए ।

उनले भने,‘त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन् ।’ असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर चाहीँ सफल नहुने पनि प्रधानमन्त्री ओलीले टिप्पणी गरे । ‘भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन ।

हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ,’ उनले भने,‘अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो ।’ सरकारले पक्ष प्रतिपक्ष भन्ने आधारमा भेदभाव नगर्ने पनि उनले बताए ।

यस्तै ओलीले कोही पनि कर्मचारी ‘सिग्नेचर’ (कुनै निर्णयमा हस्ताक्षर) गरेकै कारणले नफस्ने पनि बताएका छन् । ‘कर्मचारीले राम्रो नियतले काम गर्दा परेका अप्ठेरामा सरकारले संरक्षण गर्छ’, उनले भने, ‘कसैले गलत नियतले काम गर्छ भने त्यसमा उत्तरदायी आफैं हुनुपर्छ ।

राम्रो काम गर्दा असुरक्षित फिल नगर्न आग्रह गर्छु ।’ सचिवहरुलाई काम गर्दा गन्तव्य के हो भन्ने निक्र्योल गर्न निर्देशन दिंदै प्रधानमन्त्री ओलीले कहाँ जाँदैछु भन्ने स्पष्ट भएर अघि बढ्न सुझाव दिए ।

‘समृद्ध नेपाल सुखी नेपालका लागि काम हुनुपर्छ, जनताको जैविक, मानवीय, न्यायोचित र यथोचित आवश्यकताको सम्बोधन हुनुपर्छ’, उनले भने, ‘गरिबी हटाउनुप¥यो, २० प्रतिशत जनता गरिबीको रेखामुनि छन् भन्ने कुरा पीडादायी छ, केन्द्रित त्यसकै हुनुपर्छ ।’

अब सरकारले व्यक्तिगत आग्रह, पूर्वाग्रह र पक्ष र विपक्ष नहेर्ने भन्दै ओलीले काम गर्ने र नगर्ने बीचको फरक हेर्ने बताए । पछिल्लो पटक माओवादी, नेकपा एसका नेताहरुले ओलीको विगत, उनको काम गर्ने शैली र आनीबानीबारे सचेत रहन भन्दै नेपाली काँग्रेस खासगरी सभापति शेरबहादुर देउवालाई सुझाव दिने गरेका छन् ।

यसअघिको कार्यकालमा ओलीले दुई पटक संसद विघटन गरेको, २ तिहाईको सरकारलाई बचाउन नसकेको, तत्कालिन नेकपा कायम हुँदा प्रचण्डसंगको समझदारी पालना नगरेको र सो स्मरण गरेर अगाडी बढ्न प्रचण्ड, माधव नेपालहरुले शेरबहादुर देउवालाई सम्झाउने गरेका छन् ।

यसबीच ओलीले अबको दुई वर्ष पुग्न एक साता बाँकी छदै पदबाट छाड्ने घोषणा गरेका हुन् । यसअघि कांग्रेससँगको सहमतिका बुँदा नै संसदमार्फत सार्वजनिक गरेका ओलीले आफूपछि २ वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बुँदा समेत पढेर सुनाएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top