×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओली–प्रचण्डबीच ५ घण्टाको वार्तामा के भयो कुरा ?

२ माघ २०७९

२ माघ, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विहानैदेखि चलेको पाँच घण्टा लामो वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार फर्किएका छन् । आइतवार पनि ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो । आज साढे ९ बजे बालकोट पुगेका प्रचण्ड र ओलीबीच वान टु वान वार्ता भएको हो ।

वार्तामा भएको सहमतिबारेमा दुवै पक्षले केही पनि खुलाएका छैनन् । तर बालकोटबाट बाहिरिदै गर्दा प्रधानमन्त्रीले सरकारले आजै पूर्णता पाउने बताएका छन्। ओलीसँगको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्।

सभामुखको निर्वाचनबारे भने प्रधानमन्त्रीले विश्वासको मत दिने सबै पार्टीको नेताहरुसँग छलफल भइरहेको र कांग्रेससँग पनि छलफल हुने भएका छन् । राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको छ।

यसअघि प्रधानमन्त्री प्रचण्डले हिजो साँझसम्म संघीय मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए । तर पोखरामा विमान दुर्घटना भएसँगै प्रचण्डका सबै औपचारिक कार्यक्रम रोकिएका थिए । सरकारले सार्वजनिक बिदा दिए पनि सोमबार बिहानैदेखि प्रचण्ड छलफलमा जुटेका हुन् ।

उनले ओलीसँग सहमति भएमा तत्कालै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । अहिले उनीसहित मन्त्रिपरिषद् ८ सदस्यीय छ । अझै १७ वटा मन्त्रालय खाली छन् । पुस ११ मा नियुक्त चार मन्त्री अहिले पनि मन्त्रालयविहीन अवस्थामा छन् । अर्कातिर यही बुधबार प्रतिनिधिसभाका सभामुखको निर्वाचन हुँदैछ ।

यो भेटमा सभामुखको निर्वाचनलाई लिएर पनि छलफल भएको बताइएको छ । सभामुख निर्वाचनका लागि मंगलबार संसद सचिवालयले कार्यतालिका सार्वजनिक गर्दैछ । तर पुस २६ मा विश्वासको मत लिँदा सभामुखका लागि कांग्रेसससँग पनि सहमति खोज्नुपर्ने भनाइ प्रचण्डले दुई दिनअघि सम्पदाकहरुसँगको एउटा भेटमा बताएका थिए ।

उनको यो अभिव्यक्तिले एमाले अध्यक्ष ओली झस्किएका छन् । पुस १० गते भएको सात दलको साझेदारीअनुसार सभामुख र राष्ट्रपति एमालेको भागमा परेको थियो । तर कांग्रेसले पनि समर्थन गरेपछि प्रचण्डले आफूलाई राष्ट्रिय सहमतिको सरकारका रुपमा प्रस्तुत गरिरहेका छन् ।

यस्तोमा एमालेले सभामुख र राष्ट्रपतिको निर्वाचनमा माओवादीको साथ नपाउने शंकाबीच दु्ई नेताबीच निरन्तर छलफल भइरहेको छ । यता, प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीबाट मन्त्रीहरूको टुंगो लगाउन कसरत गरिरहेको छ ।

भागबण्डाअनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । मन्त्री हुन पार्टीमा नेताहरूले लबिङ सुरु गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने पक्का भइसकेको छ । बाँकी दुई मन्त्रालयका लागि पार्टीमा विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, धवलशमशेर राणा, ध्रुवबहादुर प्रधान र दीपक सिंहले आकांक्षा व्यक्त गरेका छन् ।

पार्टीले निर्वाचनबाट प्रत्यक्ष जितेर आउनेलाई मन्त्री बनाउने नीति लिएको छ । प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री चयन भइसकेका छन् । माओवादी स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड उपप्रधानमन्त्रीको संख्या बढाउने मुडमा छैनन् ।

उप्रधानको संख्या बढाउँदा चौतर्फी आलोचना हुने भएकाले प्रचण्ड संख्या नबढाउने मुडमा देखिएका छन् । यसमा लामो अन्योलतापछि सरकारमा सहभागी हुने निर्णय गरेको राप्रपा पनि आफूले उपप्रधान मागेपछि हुने आलोचनाप्रति सचेत देखिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top