×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण प्रयास

११ जेष्ठ २०७५

किन्सासा, ११ जेठ ः अफ्रिकी मुलुक कङ्गोमा पुनः देखिएको इबोला भाइरसको सङ्क्रमण नियन्त्रण प्रभावकारी भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

कंगोमा विशेषगरी यहाँको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएको समाचरमा जनाइएको छ ।

कंगोको झण्डै १० लाख जनसंख्याको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले नियन्त्रणका पहल प्रभावकारीरुपमा अघि बढाउन आग्रह गरेको थियो ।

कंगोमा देखिएको यस सङ्क्रमणमा परी करिब ३० जनाले ज्यान गुमाएका थिए ।

परीक्षणको लागि चार हजार इबोलाको खोप त्यहाँ पु¥याइएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार यहाँका अधिकारीले गरेका कार्यका कारण यसको प्रभाव राम्रो देखिएको छ ।

पश्चिम अफ्रिकामा सन् २०१४ मा इबोलाको महामारीको क्रममा सो खोपको परीक्षण सफल भएको थियो ।

यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सहयोग गर्ने वाचा गरेको छ । त्यस बमोजिमका आठ हजार खोपमध्ये पहिलो किस्ताका चार हजार खोप त्यहाँ पु¥याइएको छ ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको इबोलाको भीषण महामारी कङ्गोमा हाल देखिएकोले परिस्थिति खतरापूर्ण पनि हुनसक्ने अधिकारीको भनाइ रहेको छ ।

पश्चिम अफ्रिकामा इबोला भाइरसको कारण करिब एघार हजार जनाको ज्यान गएको थियो । यसको सक्रमण प्रकोप २८ हजार व्यक्तिमा देखिएको बताइएको थियो ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top