×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

के रवि विरुद्ध आज मुद्दा दर्ता हुन्छ ? आज अन्तिम दिन

५ पुष २०८१

५ पुष , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। अहिले आफूहरू यसैको अन्तिम तयारी गरिरहेको जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिएकी छन् ।

उनले म्याद भित्रै मुद्दा दर्ता गर्ने बताएकी छन् । रविसँगै पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा उनका व्यावसायिक साझेदार छविलाल जोशी पक्राउ परेको आज ९० दिन पूरा हुँदै छ। जोशी गत असोज ६ गते पक्राउ परेका थिए।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अभियुक्त पक्राउ परेको ९० दिनभित्र अदालतमा दर्ता गराइसक्नुपर्ने कानुनी व्यवस्था छ। अर्थात् अभियुक्तलाई ९० दिनभन्दा बढी हिरासतमा राख्न पाइँदैन। पछिल्लोपटक अर्थात् आठौँपटक यही पुस २ गते जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

उक्त म्याद आजै राति १२ बजे सकिँदै छ। रवि कात्तिक २ गते पक्राउ परेका भए पनि सोही प्रकरणमा पहिलो आरोपित पक्राउ परेको दिनदेखि गणना हुन्छ। कास्की प्रहरीले यही पुस १ गते रविसहित ५१ जनलाई प्रतिवादी बनाउँदै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका तथा फरार रहेका १९ व्यक्तिविरुद्ध २०८० असोज १८ मा मुद्दा दर्ता भइसकेको छ । मुद्दा चलाइएकामध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका जीबी राई फरार छन्, सोही कम्पनीका सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि २०८० भदौदेखि कास्की कारागारमा छन् ।

अब लामिछानेसहित ५१ जनालाई मुद्दा चलाउन र समग्रमा सहकारीको कुल १ अर्ब ३५ करोड असुल गर्न प्रहरीको राय छ । तर प्रहरी प्रतिवेदन अध्ययन गरी कुन कुन मुद्दा दायर गर्ने भन्ने सम्बन्धमा अन्तिम निर्णय सरकारी वकिलको कार्यालयले गर्नेछ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना बचतकर्ताले राखेको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप लामिछानेलाई लागेको छ। उनी गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए।

उक्त प्रकरणमा लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङ विरुद्ध पनि मुद्दा दर्ता गर्ने तयारी छ। सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गते यता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो । त्यसयता उनलाई अनुसन्धानका लागि रुपन्देही, चितवन, काठमाडौं र पर्सा समेत लगिएको छ । कात्तिक २ गते काठमाण्डौबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि शुरूमा ६ दिन, त्यसपछि सात दिन, १० दिन, १३ दिन, १५ दिन, चार दिन र पाँच दिन म्याद थप गरेर अनुसन्धानपछि अन्तिम पटक चार दिन म्याद थप भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top