×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोना अस्पताल बेलझुण्डीमा अक्सिजन अभाव, तुलसीपुरमै स्वाब सङ्कलन सुरु

१९ बैशाख २०७८

१९ वैशाख, दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव भएको छ ।

शनिवारमात्रै अस्पतालमा शय्या (बेड) थपिए पनि अक्सिजन सकिएको अस्पतालले जनाएको छ । अहिले कोरोना विशेष अस्पतालमा एक सिलिन्डर पनि अक्सिजन नभएको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

अक्सिजन सकिएको र आफूले सम्बन्धित निकायमा शनिवार (हिजो) नै जानकारी गराए पनि अहिलेसम्म आपूर्ति नभएको वलीले बताए । कोरोना अस्पताल बेलझुण्डीमा अक्सिजन छैन, स्थिति सङ्कटपूर्ण भइ सक्यो व्यवस्थापक वलीले भने, अक्सिजन खोजौँ, बेलझुण्डी पु¥याऔँ, बिरामीको जीवन रक्षामा सबै लागौँ । आज (आइतबार) मात्रै दुई जना बिरामीको ज्यान गएको छ । अहिले अस्पतालमा ५८ जनाको उपचार भइरहेको छ ।

पीसीआर परीक्षण गर्न तुलसीपुरमै स्वाब सङ्कलन सुरु

कोरोना सङ्क्रमण भए/नभएको परीक्षणका लागि अब दाङको तुलसीपुरमै स्वाब सङ्कलन गर्न थालिएको छ । तुलसीपुरमा रहेको मेट्रो सीटी पोलिक्लिनिक प्रालीले कोरोना परीक्षणका लागि स्वाब सङ्कलनको काम सुरु गरेको हो ।

पीसीआर परीक्षणका लागि घोराही वा अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई मध्यनजर गरी तुलसीपुरमै स्वाब सङ्कलनको व्यवस्था गरिएको पोलिक्लिनिकका सञ्चालक वसन्त योगीले जानकारी दिए ।

पोलिक्लिनिकले तुलसीपुरको अरनिको मैदानमा आज ८ देखि १२ बजेसम्म स्वाब सङ्कलन गरिरहेको छ । भोलिबाट त्यही ठाउँमै दैनिक बिहान ७ देखि १२ बजेसम्म स्वाब दिन सकिने उनले बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top