×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्वारेण्टाइनमा राखिएका १९३ जनाको शनिबार दोश्रोपटक स्वास्थ्य परीक्षण गरिने

१६ फाल्गुन २०७६

१६ फागुन, काठमाडौं । भक्तपुरमा क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको शनिबार दोश्रोपटक स्वास्थ्य परीक्षण गरिने भएको छ ।

कोरोना भाइरसको संक्रमण शुरु भएको चीनको वुहानबाट ल्याएका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनालाई कोरोना भए नभएकोबारे शनिबार फेरि जाँच गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको ३ गतेदेखि विश्व स्वास्थ्यको मापदण्डअनुसार क्वारेन्टाइनमा राखेको भोलि १४ दिन पुग्दैछ । यसअघि गएको ४ गते नै उनीहरुको रगत र र्यालको परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले भोलि फेरि परीक्षण गर्ने भएको हो । नमूना संकलन गरिएको तीन दिनपछि रिपोर्ट आउनेछ ।

रिपोर्टमा कोरोना नभएको पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका सबैजनालाई घर पठाउने सरकारको तयारी छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुईहप्ता पछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ ।

व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोश्रोपटक स्वास्थ्य परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top