×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गणतन्त्रमाथि पूर्वराजाको प्रहारः गणतन्त्र केही समयको विकाउ मात्रै हो

१३ जेष्ठ २०८०

१३ जेठ, काठमाण्डौ ।
जेठ १५ गते गणतन्त्र दिवस आउन लागेको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दुई दशक लामो गणतन्त्रात्मक व्यवस्था केही समयको विकाउ भएको टिप्पणी गरेका छन् । उनले दुई दशक समय गुमाएर अभ्यास भइरहेको अहिलेको व्यवस्थामा विधि, शासन र प्रशासन सही र सार्थक हुन नसकेको जनाएका छन् ।

शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले भने, ‘विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर दिइने सुशासन र विकासनै हो,’ ।

‘तर, दुई दशक लामो समय गुमाएर अभ्यास भइरहेको विधि, व्यवस्था, शासन, प्रशासन सही र सार्थक भएको छ र ? हामी जनहाँजहाँ जान्छौं, जेजे सुन्छौं, जस्तोजस्तो देख्छौं, त्यसबाट थाहा पाउँछौं, आज कुरा धेरै काम थोरै भएको छ।’ उनले लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, विज्ञानवाद, बैज्ञानिकवाद, भौतिकवाद जे–जे शब्द भनिएपनि देश, जनता, समाज, समुदाय र समूहको सर्वोतम सेवा र सम्माननै भएको बताए ।

उनले नेपाल र नेपालीको सही हित चाहनेहरुले यस्ता कुरा गहिरिएर सोचीरहेको बताए । पूर्व राजा शाहले अव देशलाई कसरी अघि बढाउने, कस्तो शासन व्यवस्था अंगाल्ने भन्ने कुरामा सोच्नुपर्ने बेला आएको समेत तर्क गरे । लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने टिप्पणी गरेका छन् ।

शाहले भने, ‘आफ्नो पहिचान हाम्रो शान हो । आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो,’ । ‘कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो।’ पूर्वराजा शाहले सम्बोधन गर्दागर्दै ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै हुटिङ भएको थियो । समर्थकहरूको उक्त हुटिङपछि पूर्वराजा शाहले आफू जहाँ जहाँ पुग्यो त्यहाँ यस्तै नारा लाग्ने गरेको सुनाए ।

राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुने उनको भनाई थियो। ‘नेपालको पीर मर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौं, मिलौं। हामी सबै मिलौं,’ पूर्वराजा शाहको आग्रह थियो, ‘त्यसैले हामी भन्दछौं, जुटौं। हामी सबै एक भएर जुटौं। त्यसैले हामी भन्दछौं, हामी नफुटौं।

परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं। त्यसैले फेरिपनि भन्छौं, जुटौं, खटौं र डटौं।’ एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनले आग्रह गरेका छन् । यस्तै विकास निर्माणका लागि पनि एक आपसमा जुट्न उनको आग्रह छ । यसैबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर हुने स्थिति नरहेको बताए । ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले सामान्य जनता हुन् ।

उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् । राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन’ उनले भने ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र सार्वजनिक कार्यक्रममा सहभागी हुने र मन्तव्य दिने गर्दै आइरहेका छन् । उनी इटहरी, धनगढी लगायतका ठाउँमा आयोजित नागरिक अभिनन्दनमा सहभागी भएर भाषण गरेका छन् ।

यस्तै पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरुको समीक्षा हुन जरुरी रहेको पनि बताए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै खनालले ढोल र घण्टी अराजकताको संकेत भएको टिप्पणी गरे ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top