×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘गर या मर’को अवस्था आए परमाणु हतियार प्रयोग गर्छौंः रुस

९ चैत्र २०७८

९ चैत्र, एजेन्सी ।
युक्रेनविरुद्ध आक्रमण जारी राखेको रुसले ‘गर या मर’को अन्तिम अवस्था आए परमाणु हतियार प्रयोग गर्ने बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले उक्त अभिव्यक्ति दिएका हुन् । उनले परमाणु हतियारको प्रयोग देशको सुरक्षाका लागि हुने बताएका छन् ।

मंगलबार समाचार च्यानल सीएनएनलाई दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको लडाइमा परमाणु हतियार प्रयोगको सम्भावनालाई इन्कार गरेनन् । अन्तरवार्ताको क्रममा परमाणु हतियारबारे सोधिएको एक प्रश्नमा उनले भने, ‘देशको सुरक्षाका लागि हाम्रो अवधारणा सबैलाई जानकारी नै छ ।

हाम्रो देशसामु जीवन–मरणको स्थिति पैदा भयो भने आफ्नो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्छौं ।’

यसअघि रुसी राष्ट्रपति पुटिनले परमाणु हतियारहरुलाईसमेत तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए । यद्यपि अमेरिकालाई डर देखाउन मात्र रुसले परमाणु हतियारको कुरा गरेको भनेर पनि समाचारहरु सार्वजनिक भएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top