×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गिरिजालाई राष्ट्रपति नबनाएकोमा प्रचण्डको पश्चताप

१८ असार २०८०

१८ असार, काठमाण्डौ ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।

पूर्वसभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए । कोइरालाले पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।

राजनीतिको लामो कालखण्डमा अनेक उतार चढावका बीच अन्तिम समयमा देशको पहिलो राष्ट्रपति बन्नसक्ने संभावना रहदा रहदै पनि उनी राष्ट्रपति बन्नबाट भने बन्चित भएका थिए । अब उनकै जन्मजयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् ।

गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै उनले आफूले गल्ती गरेको स्वीकारेका छन् । उनले भनेका छन्, उहाँले शान्ति प्रक्रियामा आउनुप¥यो तपाईँहरूको कुरा के छन् सहमति गरौँ भन्नुभयो। मैले पनि धेरै भन्नु छैन। हामी शान्तिमा आउँछौँ। तपाईँले गणतन्त्र आइदिनुप¥यो भनेको थियो। उहाँले पहिलो भेटमा गणतन्त्रमा आउँछु भन्नुभएन।

तर, विश्वास दिलाउनुभएको थियो। उहाँ गणतन्त्रको लागि तयार भइसक्नुभएको रहेछ। मैले पनि उहाँलाई विश्वास दिलाएँ। त्यहीबाट १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र। यो सामान्य तरिकाले आएको होइन। यो असाधारण प्रकृतिको राजनीतिक सम्झौता थियो। एउटा ठुलो सामाजिक रुपान्तरणको महाअभियान थियो।

पहिलो भेटदेखि उहाँ कुनै दुबिधा, अविश्वास वा अस्थिरता देखिनँ। बरु मैले गल्ती गरेँ तर, उहाँले गर्नुभएन। उहाँसँग पहिलो भेटमा भनेका कुरा र लिएका कुरा सबै पुरा गर्न सकिन, तर मैले उहाँको विपरीत निर्णय गर्दा पनि मलाई विश्वास गर्न छाड्नुभएन। मलाई कुनै न कुनै रूपमा संरक्षण गर्नुभयो।

गणतन्त्रको घोषणा गर्न ल्याउने नेतृत्व गर्ने महानायकको छवि बन्यो उहाँको। उहाँ नभएको भए यहाँसम्म आउने थिएन। गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो। मैले गर्न सकिन। मलाई पश्चात्ताप छ। मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो। तर, उहाँले मेरो नेतृत्व देशको लागि आवश्यक छ भनिराख्नुभयो।

खासमा पहिलो राष्ट्रपतिका प्रबल आकांक्षी तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका निवर्तमान महासचिव माधव नेपाल थिए। तर, शीर्ष नेताहरु एकले अर्काेलाई रोक्न खोज्दा नेपालको पहिलो राष्ट्रपति बन्ने अवसर डा. रामवरणयादवलाई प्राप्त भएको थियो ।

कांग्रेस–एमालेको प्रयासमा अन्तरिम संविधानमा जब आलंकारिक राष्ट्रपतिको व्यवस्था गरियो, राष्ट्रपतिको चाहना राखेका कोइरालालाई रोक्ने माओवादी दाउपेच सुरु भयो। माओवादीका नेताहरुले शीर्ष नेताहरुलाई ‘आलंकारिक राष्ट्रपति’ बनाउन नहुने धारणा सार्वजनिक गर्न थाले। खासमा प्रचण्डलाई रोक्न कांग्रेस–एमालेको जोडबलमा आलंकारिक राष्ट्रपतिको व्यवस्था गरेकाले माओवादी कोइरालासँग क्रुद्ध थियो।

त्यही कारण उसले कोइरालालाई लक्षित गर्दै ‘शीर्ष नेतालाई राष्ट्रपति बनाउन हुँदैन’ भन्ने अडान लिएको थियो। माओवादी कोइरालालाई राष्ट्रपति स्वीकार नगर्ने अडानमा रहेपछि एमाले नेतृत्व अघि सर्याे । प्रचण्डलाई रोक्न कांग्रेससँग नजिएिको एमाले अब माओवादीसँग नजिक हुन थाल्यो।

प्रचण्डको रोजाइ ‘कार्यकारी प्रधानमन्त्री’ भएकाले एमालेले ‘आलंकारिक राष्ट्रपति’ लाई आफ्नो ‘अर्जुनदृष्टि’ बनायो। माओवादी–एमालेबीचका शीर्ष नेताहरु राष्ट्रपति एमालेले पाउने समझदारीमा पुगे । त्यो समझदारी अनुसार माओवादीलाई प्रधानमन्त्री, एमालेलाई राष्ट्रपति र बाँकी रहेको संविधान सभा अध्यक्ष पद कांग्रेसलाई छाडिदिने भन्ने थियो। यसबाट कोइराला क्रुद्ध भए ।

सहमतिमा राष्ट्रपति बन्ने धुनमा रहेका कोइराला प्रधानमन्त्री पदबाट राजीनामा दिन आनाकानी गरिरहेका थिए। एमालेसँगको समझदारीपछि माओवादीले कोइरालाको राजीनामा माग्न थाले। अन्तत माओवादी मन्त्रीहरुले ६ असार (२०६५) मा मन्त्रिपरिषदबाट राजीनामा दिए। माओवादी–एमालेको सहमतिका कारण राष्ट्रपति नबन्ने पक्का भइसकेको थियो।

तर प्रधानमन्त्री कोइरालाले हार मानिसकेका थिएनन्। पछि प्रधानमन्त्री कोइरालाले १२ असारमा संविधान सभाबाट राजीनामा घोषणा गरे। त्यसपछि मधेशी मोर्चाको साथ लिएर एमाले माओवादीबीचमा फाटो ल्याएर उनले आफ्ना लागि नभएपनि कांग्रेसको पक्षमा राष्ट्रपति र मोर्चाको पक्षबाट उपराष्ट्रपति बनाउन सफल भए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top