×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गृह र अर्थमन्त्रीको राजीनामा माग्ने सुनिल शर्मा पक्राउ

२५ श्रावण २०८०

२५ साउन, काठमाण्डौ ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले यसबारे आफूले सिआइबीसँग बुझ्दै रहेको प्रतिक्रिया दिएका छन् ।

कांग्रेस सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका शर्मालाई पक्राउ गरिएकोमा कांग्रेसकै नेताहरुले संशय व्यक्त गरेका छन् । डा शर्मालेविमानस्थलको सय किलो सुन प्रकरणमा सदन भित्र र बाहिर पटक पटक गृह र अर्थमन्त्री यसमा सम्लग्न रहेको भन्दै उनीहरुको राजीनामा माग गर्दै आएका छन् ।

उनले सुनका मालिक पक्राउ नपरे संसद परिसरमै अनशन बस्ने समेत चेतावनी दिइसकेका छन् । शर्मालाई सिआइबीले पक्राउ गरेको भन्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमाथि प्रश्न उठाएका छन् । शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

यसैबीच गृह मन्त्रालय स्रोतले सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको बताएको छ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएकोबारे प्रहरीले औपचारिक पुष्टि गर्न नमानिरहेका बेला गृहमन्त्रालय स्रोतले शर्माजस्तै अन्य पनि पक्राउ पर्न लागेको जनाएको छ ।

सांसद शर्मालाई नक्कली सर्टिफिकेट प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ । शर्माको एसएलसीदेखिकै सर्टिफिकेट नक्कली रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीसहित ८ जनालाई पक्राउ गरिएको छ ।

सीआईबीले नक्कली चिकित्सकविरुद्ध २०७२ सालदेखि अपरेसन चलाउँदै आएको छ । त्यतिबेला सीआईबीले ‘अपरेसन क्वाक’ सञ्चालन गरेको थियो । त्यसको १ वर्षपछि ३६ जना नक्कली डाक्टर पक्राउ परेका थिए ।

शर्माको पक्राउमा उनका पछिल्ला अभिव्यक्ति र सुन तस्करी प्रकरणमा मन्त्रीहरूको राजीनामा मागसँग सम्बन्धित नरहेको दावी गरिएको छ। शर्मा मोरङ– ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले मोरङमा नोबेल मेडिकल कलेज सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top