×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीन विश्वकै दोस्रो शक्तिशाली देश,पहिलो कुन हो ?

१८ फाल्गुन २०८१

१८ फागुन , एजेन्सी ।

छैठौं ग्लोबल सफ्ट पावर इन्डेक्स रिपोर्टअनुसार चीन विश्वको दोस्रो सबैभन्दा प्रभावशाली देश बनेको छ। ब्रान्ड फाइनान्सले जारी गरेको सूचीमा अमेरिका पहिलो स्थानमा रहेको छ। यस वर्ष चीनले बेलायतलाई पछि पार्दै ७२.८ अंकसहित आफ्नो अहिलेसम्मकै उच्च र्याङ्किङ हासिल गरेको छ।

रिपोर्टअनुसार चीनले आठ सफ्ट पावर स्तम्भमध्ये ६ मा तथा तोकिएका विशेषताहरूको दुई–तिहाइमा उल्लेखनीय प्रगति देखाएको छ। ग्लोबल टाइम्सको रिपोर्टअनुसार चीनको यो उकालो बेल्ट एन्ड रोड इनिसिएटिभ, स्थिर शासन प्रणाली र घरेलु ब्रान्डहरूको मजबूती जस्ता कारकहरूका कारण सम्भव भएको हो।

ग्लोबल सफ्ट पावर इन्डेक्स १०० भन्दा बढी देशका १ लाख ७० हजार जनसंख्यामा गरिएको सर्वेक्षणको आधारमा तयार गरिएको हो। ग्लोबल सफ्ट पावर समिट २०२५ का दौरान यसका नतिजा सार्वजनिक गरिएका छन्।

रिपोर्टअनुसार अमेरिका ७९.५ अंकसहित शीर्ष स्थानमा रहे पनि उसको विश्वव्यापी प्रतिष्ठा भने घट्दै गएको छ। प्रतिष्ठाको मामिलामा अमेरिका चार स्थान झरेर १५औं स्थानमा पुगेको छ भने शासन सूचकांक चार स्थान घटेर १०औं स्थानमा पुगेको छ।

ब्रान्ड फाइनान्सका अध्यक्ष डेभिड हेघका अनुसार चीनले आफ्नो आर्थिक आकर्षण बढाउने, सांस्कृतिक पहिचान मजबुत पार्ने र सुरक्षित तथा व्यवस्थित राष्ट्रको रूपमा आफ्नो छवि निर्माण गर्ने प्रयासलाई जारी राखेकाले यो प्रगति सम्भव भएको हो।

यस सूचीमा भारत भने २९औं स्थानमा पुगेको छ, जुन २०२३ मा रहेको २८औं स्थानको तुलनामा एक स्थान तल हो। ग्लोबल सफ्ट पावर इन्डेक्स कुनै देशको विश्वव्यापी प्रभाव र छविको मूल्याङ्कन गर्ने प्रमुख सूचक हो।

ब्रान्ड फाइनान्सद्वारा प्रकाशित ग्लोबल सफ्ट पावर इन्डेक्स अनुसार संयुक्त राज्य अमेरिका र चीन विश्वकै सबैभन्दा प्रभावशाली सफ्ट पावर राष्ट्रहरू बनेका छन्। यो सूचीमा बेलायत तेस्रो, जापान चौथो, र जर्मनी पाँचौँ स्थानमा रहेका छन्।

यस्तै छैठौ स्थानमा फ्रान्स, सातौमा क्यानडा र आठौंमा स्वीटजरल्याण्ड रहेका छन् । शीर्ष १० भित्र इटाली नवौ र यूनाइटेड अरब इमिरेट्स १० औं स्थानमा रहेको छ । यस अध्ययनमा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूलाई ५५ विभिन्न सूचकहरू मार्फत मूल्यांकन गरिन्छ, जसले कुनै पनि राष्ट्रले विश्व मञ्चमा जबरजस्ती होइन, आकर्षण र विश्वास मार्फत कसरी प्रभाव पारिरहेको छ भन्ने विस्तृत विश्लेषण प्रदान गर्छ।

सन् २०२५ को सबैभन्दा तीव्र गतिमा उक्लने राष्ट्र एल साल्भाडोर रहेको छ, जसले ३५ स्थान उक्लँदै ८२औं स्थान हासिल गरेको छ र आफ्नो सफ्ट पावर स्कोरमा ३.२ अंकको सुधार गरेको छ। एल साल्भाडोरले ग्याङ हिंसा र हत्या दरमा उल्लेखनीय कमी ल्याएको छ, जसले गर्दा यसलाई सुरक्षित, स्थिर,र राम्रोसँग शासित देशका रूपमा हेर्ने दृष्टिकोण बलियो बनेको छ।

साथै, व्यापार क्षेत्रमा पनि एल साल्भाडोरले सुधार गरेको छ। सन् २०२१ मा बिट क्वाइनलाई कानूनी मुद्राको रूपमा स्वीकार गर्ने निर्णयले विश्वव्यापी ध्यान तानेको छ, जसलाई केही विवादास्पद मानिए पनि यसले राष्ट्रको पहिचानलाई मजबुत बनाएको छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top