×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चेर्नोबिल परमाणु पावर प्लान्ट कब्जा गर्दै रुसले रेडियोन्यूक्लाइड लगायत उपकरण लुटेको युक्रेनको दाबी

९ चैत्र २०७८

९ चैत्र, एजेन्सी ।
युक्रेनी अधिकारीले चेर्नोबिल परमाणु पावर प्लान्टमाथि कब्जा जमाएको रुसी सैनिकले यहाँको एउटा प्रयोगशालालाई लुटेको र त्यसलाई नष्ट पारेको दाबी गरेका छन् ।

एक्स्क्लुभ जोन म्यानेजमेन्टका लागि युक्रेनको सरकारी एजेन्सीले रुसी सैनिकले उनीहरुको सेन्ट्रल एनालिटिकल लेबोरेटरीमाथि क्षती पुर्याएको बताएको छ । यहाँ ठूलो मात्रामा परमाणु फोहोर राखेको उनले बताए ।

आफ्नो फेसबुक पेजमा एजेन्सीले भनेको छ, ‘त्यहाँ रेडियोन्यूक्लाइडको नमूना राखिएका थिए जुन असाध्यै एक्टिभ थिए, यो अब दुश्मनको हातमा छ ।’

एजेन्सीका अनुसार यो प्रयोगशालालाई ६० लाख युरो खर्च गरेर बनाइएको थियो । एजेन्सीले भनेको छ, ‘यहाँ यस्ता निकै महत्वपूर्ण उपकरण राखिएका थिए जुन युरोपको अन्य स्थानमा छैन ।’

सन् १९८६ मा चेर्नोबिलमा संसारको सबैभन्दा भयानक परमाणु दुर्घटना भएको थियो । त्यसपछि यो प्लान्ट बन्द छ । यद्यपि, यसलाई नियमित रुपमा रेखदेखको आवश्यकता पर्दछ ।

युक्रेनविरुद्ध युद्ध सुरु गरेको केही दिनमा रुसी सेनाले यो पावर प्लान्टमा कब्जा जमाएको थियो र यहाँ काम गर्ने कर्मचारीलाई केही दिन त्यहाँ नै राखिएको थियो । पछि उनीहरुलाई छोडिएको थियो ।

यो हप्ताको सुरुमा युक्रेनको संसदले चेर्नोबिल प्लान्ट वरिपरीका स्थानको जङ्गलमा आगलागी भएको बताएको थियो । स्याटलाइट तस्बिरमा पनि यो कुरा पुष्टि भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top