×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जागरण अभियानमा सरकारमाथि खनिए सिटौला

२६ बैशाख २०७६

विराटनगर,बैशाख २६
नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले दुई तिहाइको कम्युनिष्ट सरकारले देश र जनताको समृद्धि नचाहेको आरोप लगाएका छन् । सरकार आफना र सिमित कार्यकर्ताको पृष्टपोषणमा मात्रै लागेको उनले बताए ।

नेपाली कांग्रेसको जागरण अभियानका क्रममा मोरङमा आयोजित कार्यक्रममा सिटौलाले अहिलेको सरकारले संविधानको जगमा सत्ता र शक्तिको दुरुपयोग गरेको समेत आरोप लगाए । सिटौलाले संविधान निर्माणताकाका सबै पार्टीले आफ्नो पहिचान र सिद्धान्त गुमाइसकेको बताए ।

यस्तै उनले पार्टी भित्र वृहत एकताको आवश्यकता औल्याउदै जागरण अभियानले पार्टीलाई उर्जावान र चलायमान बनाउने बतए । उनले जागरण अभियानले कम्युनिष्टहरुको ज्यादती र गलत कार्यको प्रतिकार गर्न कार्यकर्तालाई धारिलो बनाउने विश्वास व्यक्त गरे ।

कांग्रेसले मुलुकका ७७ वटै जिल्लामा हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सबै जिल्लामा कांग्रेसले केन्द्रीय नेताहरु प्रतिनिधिका रुपमा खटाएको छ । अभियान एक महिनासम्म जारी रहने कांग्रेसले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top