×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जाजरकोटमा जिप दुर्घटना: वडाध्यक्षसहित ५ जनाको मृत्यु, २ बेपत्ता

२१ आश्विन २०७७

२१ असाेज, काठमाडाैँ ।

जाजरकोटकाे जुनीचाँदे गाउँपालिका- १, औलभीरमा भे १ ज ९३५ नं.को जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेका २ जना बेपत्ता रहेका छन् ।

दुर्घटनामा जुनीचाँदे वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिए । जिप औलभीरस्थित सडकबाट ७ मिटर तल मजकोट खोलामा खसेको उनले बताए । दुर्घटनामा स्थानीय नरबहादुर बुढा गम्भीर घाइते रहेकाे र बेपत्ताको सनाखत हुन नसकेकाे डिएसपी श्रेष्ठले बताए ।

जुनीचादे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीको टोली सवार उक्त जिप दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी, स्थानीय लगायतले मृतक तथा घाइतेको उद्धार तथा बेपत्ताको खोजी गरिरहेको छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top