×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जेलेन्स्कीलाई ब्लाकमेल गर्न ट्रम्प सफल, दुर्लभ खनिजमा सम्झौता

१४ फाल्गुन २०८१

१४ फागुन,एजेन्सी ।

डोनाल्ड ट्रम्प वा अमेरिकाकै नजर, यूक्रेनको प्राकृतिक खजानामा थियो, छ र त्यो प्राप्त गर्नमा अमेरिका सफल पनि भएको छ । सीएनएनको रिपोर्टका अनुसार एक यूक्रेनी अधिकारीले बताएका छन् कि अमेरिका र यूक्रेनले प्राकृतिक स्रोतहरु र यूक्रेनको पुनर्निर्माणमा एक सम्झौतामा सहमति जनाएका छन् ।

रिपोर्टमा स्रोतहरुलाई उदृत गर्दै भनिएको छ, यो सहमति त्यतिबेला जुट्यो जतिबेला सम्झौताको ड्राफ्टमा भएका सबै अस्वीकार्य शर्तहरुलाई हटाइयो । र यसमा स्पष्टसंग भनिएको छ कि, यो सम्झौताले यूक्रेनको सुरक्षा र शांतिमा कुन प्रकारले योगदान गर्नेछ ।

तर अहिलेसम्म अमेरिकाका तर्फबाट भने सम्झौताका शर्तहरुमा सहमतिको पुष्टि गरिएको छैन । यता बीबीसीले पनि अमेरिका र युक्रेन खनिज सम्झौताका शर्तमा सहमत भएको खबर छापेको छ । युक्रेनका एक वरिष्ठ अधिकारीको हवाला दिँदै बेलायती समाचार संस्था बीबीसीले खबर सार्वजनिक गरेको हो ।

वास्तावमा यस्तै सम्झौता होस् भन्नका लागि ट्रम्पले लगातार यूक्रेनमाथि दबाव बढाइरहेका थिए । तर युक्रेनी अधिकारीले सहमतिमा कयौँ राम्रा संशोधनहरु परेका भए पनि मस्यौदामा के छ, के छैन भन्ने सन्दर्भमा पूर्ण जानकारी आइनसकेको बताएका छन् ।

यसबीच ट्रम्पले जेलेन्स्कीलाई सुझाव दिंदै सम्झौतामा हस्ताक्षर गर्नका लागि शुक्रबार वाशिंटन डिसीको यात्रा गर्न आमन्त्रण गरेका बताइएको छ । ट्रम्पले यसपछि युक्रेनलाई लड्ने अधिकार मिल्ने भन्दै प्रतिक्रिया समेत दिएका छन् ।

ट्रम्पले मंगलबार ओभल अफिसबाट भने, ‘जेलन्सकी शुक्रबार आउँदैछन् भन्ने सुनिएको छ, पक्कै पनि यो मसँगको सम्बाद ठीक हुनेछ, यदि उनले चाहन्छन भने मसँग हस्ताक्षर गर्न तयार छु, म बुझ्छु यो ठूलो सम्झौता हो, धेरै ठूलो सम्झौता’ उनले भनेका छन् ।

युक्रेनको पुनर्निर्माण कोषमा अमेरिकी संलग्नता रहने र त्यसको बदलामा युक्रेनले दुर्लभ खनिजहरूमा अमेरिकालाई पहुँच प्रदान गर्ने सम्झौतामा सहमत हुन युक्रेन तयार रहेको बताइएको छ । स्रोतले भन्यो कि जेलन्सकीले अमेरिकीको मस्यौदामा समावेश गरिएको सुरक्षा ग्यारेन्टीको भने विरोध गरेका थिए ।

पछिल्लो मस्यौदामा युक्रेनको सुरक्षा सम्बन्धी केही शब्दहरूमा अस्पष्ट रहेको थियो । वार्तासँग परिचित युक्रेनी स्रोतलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ, ‘सम्झौताको बारेमा केही बुदाँहरू काँटछाँट गरे पछि वार्ता हुनेछ र अमेरिकी र युक्रेनी राष्ट्रपतिहरूले व्यक्तिगत रूपमा सुरक्षा ग्यारेन्टीहरू छलफल गर्न सक्छन्।’

सम्झौताको पहिलो प्रस्तावमा ट्रम्प प्रशासनले युक्रेनको दुर्लभ खनिजहरूमा ५०० बिलियन सेयर दिनु पर्ने सर्त राखेको थियो तर सुरूमा जेलेन्स्कीले अस्वीकार गरेका थिए । जेलेन्स्कीले सम्झौताको त्यो संस्करण स्वीकार नगरे पनि अमेरिकाले भने कुनै फरक नपर्ने जवाफ दिएको थियो ।

‘यसमा कुनै अमेरिकी बाध्यताहरू थिएनन् जबकि युक्रेनले सबै उपलब्ध गराउने अपेक्षा गरिएको थियो’ स्रोतले भन्यो । तर, त्यस यताको छलफलमा युक्रेन र अमेरिकाका सहमतिको नजिक पुगेको संकेत देखिएको छ ।

सोमबार ह्वाइट हाउसको भ्रमणको क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि राष्ट्रपति जेलेन्स्कीसँग काम गर्ने ट्रम्पको निर्णयको प्रशंशासमेत गरेका थिए । उनले यो पनि भनेका थिए कि दुर्लभ र महत्वपूर्ण खनिजहरूमा अमेरिका र युक्रेनका लागि धेरै महत्त्वपूर्ण रहेको छ, मलाई विश्वास छ यस सम्झौतालाई निष्कर्षमा पु¥याउनका लागि ट्रम्पले सफलता हासिल गर्नेछन् ।

उता अमेरिकाको दबाबमा रहेको युक्रेनलाई साथ दिन क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसमाथि थप प्रतिबन्ध लगाएका छन् । उनले तेल ट्यांकर र जहाजमा प्रतिबन्ध घोषणा गरेका छन्। ट्रुडोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘रुसले तेलबाट कमाएको पैसाले युक्रेनमा आफ्नो युद्धलाई आर्थिक सहयोग गरिरहेको छ।

अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्न रुसले अवैध रूपमा जहाजहरूमार्फत विश्वभर आफ्नो तेल ढुवानी गरिरहेको छ।’ उनले अगाडि भनेका छन्, ‘मैले किभमा रहेका १०९ रुसी तेल ट्यांकर र जहाजमा नयाँ प्रतिबन्ध घोषणा गरेको छु।’

यसअघि प्रधानमन्त्री ट्रुडोले स्थायी शान्तिको लडाइँ एक्लै जित्न नसकिने उल्लेख गर्दै आफ्नो मुलुक युक्रेनका साथमा रहेको बताएका थिए । उनले भनेका थिए, ‘मैले किभमा राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेँ र भनेँ– क्यानडा सधैँ युक्रेनको साथमा उभिनेछ।’

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top