×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ज्ञानेन्द्रविरुद्ध गणतन्त्रवादीहरुको एक स्वर

१७ चैत्र २०८१

१८ चैत, काठमाण्डौ ।

पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरुको सक्रियतासँगै शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनापछि गणतन्त्र पक्षधर राजनीतिक दलहरू एकजुट भएका छन् । उनीहरुले तीनकुने र आसपास क्षेत्रमा शुक्रबार भएको तोडफोड, आगजनी र लुटपाट घटनामा मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकालेका छन् ।

ज्ञानेन्द्रले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्टाउने भूमिका निर्वाह गरिरहेको राजनीतिक दलहरूको निष्कर्ष निकालेका छन् । आइतबार सिंहदरबारमा बसेको १२ दलको बैठकले पूर्वराजा ज्ञानेन्द्रको सेवा सुविधा कटौती गर्न र गतिविधिमा निगरानी बढाउन सरकारलाई आग्रह गरेको छ ।

पूर्वराजाको सुरक्षार्थ खटिएको प्रहरीको टिम भने दलहरूको बैठकअघि नै गृह मन्त्रालयले परिवर्तन गरिसकेको छ । अन्य सेवा सुविधा पनि क्रमशः कटौती गर्दै लैजानुपर्ने विषयमा पनि उनीहरूले छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकमा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, जसपा नेपाल, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, नेसपा (नयाँ शक्ति) र नेकपा सहभागी थिए ।

बैठकमा चौथो ठूलो शक्ति रास्वपा र राप्रपालाई भने बोलाइएको थिएन । बैठकमा सबै राजनीतिक दलले आ–आफ्ना मतान्तर बिर्संदै संविधान र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षामा एकजुट हुने प्रतिबद्धता प्रकट गरेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

शुक्रबारको घटना राजनीतिक नभएर आपराधिक भएको निष्कर्ष पनि बैठकले निकालेको गृहमन्त्री लेखकले जानकारी दिए । आन्दोलनका नाममा अपराध गर्ने र उक्साउनेलाई फौजदारी प्रशासनअन्तर्गत कडा कारबाही गरिनुपर्ने राजनीतिक दलहरूको धारणा छ ।

यस्तै बैठकपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शुक्रबारको घटना पूर्वराजा ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको भन्दै दलहरुले एक भएर आवश्यक कारबाही अगाडि बढाउनुपर्ने बताएका छन् ।

आफूहरु उदार भएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेसम्म पनि शाहले आफूलाई राजाकै रुपमा प्रस्तुत गरेको भट्टराईले टिप्पणी गरे । उनले सरकारलाई २ वटा सुझाव दिएको बताए । संविधानमार्फत नै राजसंस्थालाई उन्मुलन गरिएको र दलहरु उद्दार भएर शाहलाई देशमा नै शान्तिपूर्ण रुपमा रहने अवस्था सिर्जना गरिएको उल्लेख गरे ।

‘तर उनले आफूलाई राजा नै ठानेर त्यही रुपमा वक्तव्य दिने, सम्बोधन गर्ने कार्य सीधै ठगी धन्दा हो’, उनले आफ्नै उदाहरण दिँदै भने, ‘म पनि पूर्वप्रधानमन्त्री हुँ तर मैले पनि बहालवाला प्रधानमन्त्री भन्दै तपाईंहरुलाई ठग्दै लाभ लिँदै हिँडे भनेँ के हुन्छ ? मलाई कानूनले त कारबाही गर्छ ।

त्यसकारण उनलाई पनि कानूनी दायरामा ल्याएर कारबाही गरिनुपर्छ भन्ने सुझाव दिएको छुु ।’ त्यस्तै, उनले चैत १५ मा भएको राजावादीहरुको प्रदर्शनले निम्त्याएको हिंसात्मक परिणामबारे पनि आवश्यक छानबिन गरेर कानूनअनुसार कारबाही गरिनुपर्ने सुुझाव दिइएको बताए ।

त्यस्तै, संघीय लोकतान्त्रिक दल तथा गणतन्त्रका लागि दलहरुबीच एकता कायम हुनुपर्ने सुझाव दिएको उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले अराजनीतिक र उद्दण्ड पृष्ठभूमिका दुर्गा प्रसाईंलाई राजावादी प्रदर्शनको कमान्डर बनाएलगत्तै कडा निगरानी गर्न नसक्दा तीनकुने क्षेत्रमा धनजनको क्षति हुन पुगेको नेताहरूको भनाइ थियो ।

बैठकमा माओवादी, एकीकृत समाजवादीलगायतका प्रतिपक्षी दलका नेताले शुक्रबारको घटनालाई समयमै नियन्त्रणमा लिन नसक्नुमा गृह प्रशासनको कमजोरी रहेको टिप्पणी गरेका थिए । प्रसाईंको नेतृत्वमा जुलुस निस्कँदा हिंसा हुन सक्ने अनुमानका साथ सरकारले तयारी नगरेको उनीहरूको भनाइ थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top