×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टिकटकलाई अमेरिकी सन्देशः शेयर बेच्नु नभए प्रतिबन्ध

१२ बैशाख २०८१

१२ वैशाख ,एजेन्सी ।

विश्वमै सर्वाधिक टिकटक प्रयोगकर्ता रहेको अमेरिकामा त्याहाको माथिल्लो सदन सिनेटले टिकटकलाई रोक लगाउनेसम्बन्धी विधेयक पास गरेको छ । तल्लो सदन कंग्रेसले गएको शनिबार नै सोसम्बन्धी विधेयक पास गरेको थियो । यो विधेयकले टिकटकको सञ्चालक कम्पनी बाइटडान्सलाई यसको हिस्सेदारी बेच्न समय दिएको छ ।

यदि बिक्री नगरेमा नौ महिनापछि अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ । सो विधेयक राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि कानुन बन्नेछ । त्यो अवस्थामा बाइटडान्सले चिनियाँ अधिकारीहरूसँग त्यसको बिक्रीसम्बन्धी अनुमति लिनुपर्नेछ । त्यसको विरुद्धमा बेइजिङ रहेको छ । विश्लेषकहरूका अनुसार यो प्रक्रियाले लामो समय लिन सक्नेछ ।

यससम्बन्धी मंगलबार भएको मतदानका क्रममा ७९ जना सिनेटरले पक्षमा मतदान गरेका थिए भने १८ जनाले विपक्षमा मतदान गरेका थिए । “हामीले वर्षौंसम्म चिनियाँ कम्युनिस्ट पार्टीलाई अमेरिकामा एउटा धेरै पोपुलर एप्सको नियन्त्रण गर्न दियौं । त्यो खतरनाक रूपमा अदूरदर्शी काम थियो,” रिपब्लिकन सिनेटर मार्को रुबियोले इन्टेलिजेन्स कमिटीमा भनेका थिए ।

“यसको एप बिक्री गर्न चिनियाँ मालिकलाई नयाँ कानुनको आवश्यकता पर्नेछ, यो अमेरिकाका लागि राम्रो पक्ष हो,” उनले भनेका छन् । दुई दिन अघि मात्रै सामाजिक सञ्जाल एक्सका मालिक अमेरिकी धनाढ्य एलन मस्कले अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन नहुने बताएका थिए । वाक स्वतन्त्रताको वकालत गर्दै मस्कले टिकटकमाथि प्रतिबन्ध लगाउन नहुने भनाइ राखेका थिए ।

स्टाटिकाका अनुसार अमेरिकाका टिकटकका सबैभन्दा बढी प्रयोगकर्ता छन् । त्यहाँ टिकटक प्रयोग गर्नेको सङ्ख्या १४ करोड ८० लाख बढी रहेको छ । विश्वमा अमेरिकापछि सबैभन्दा बढी टिकटक प्रयोगकर्ता इन्डोनेसियामा रहेका छन् । २०२४ मा टिकटकले विश्वभर ९ सय मिलियन प्रयोगकर्ताहरू समेटेको छ । यो २०२३ को तुलनामा ८ प्रतिशत वृद्धि हो ।

२०२५ सम्ममा यो ९५५ दशलमव ३ मिलियन हुने प्रक्षेपण छ। टिकटक सन् २०१६ मा चीनको घरेलु बजारमा डौयिन नामबाट सुरु गरिएको थियो। यसको घरेलु सफलता पछ्याउँदै यसको मातृ कम्पनी बाइटडान्सले एक वर्ष पछि अन्तर्राष्ट्रिय संस्करण सुरु गर्यो, जसले चाँडै लोकप्रियता प्राप्त गरेको थियो । नेपालसहित १५ भन्दा बढी देशमा टिकटकमाथि प्रतिबन्ध गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top