×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ट्रम्प–मस्क युग ः प्रशासन सुधार कि अमेरिका कब्जा ?

३० माघ २०८१

३० माघ , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा विश्वव्यापी शक्ति सन्तुलन नयाँ मोडमा पुगेको छ। कहिले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने योजना त कहिले संघीय निकायहरूमा व्यापक खर्च कटौती गर्ने नीति, ट्रम्पका कदमहरू लगातार विवादको केन्द्रमा छन्।

पत्रकारिता माथिको हस्तक्षेप, प्रशासनिक तहमा कठोर निर्णय र एलन मस्कलाई सरकारी दक्षता सुधार्ने जिम्मेवारी—यी सबै कारण ट्रम्प प्रशासनको शैलीलाई ’आतंक’ का रूपमा हेरिँदैछ। ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने बताएसँगै अमेरिकी रिपब्लिकन पार्टीका एक सांसदले त्यसलाई साथ दिने विधेयक दर्ता गराएका छन् ।

मङ्गलवार दर्ता गराइएको विधेयकले डेनमार्कको भूमि ग्रिनल्याण्ड किन्ने, नयाँ नाम राख्ने बताइएको छ । ग्रिनल्याण्डको नयाँ नाम ‘रेड, ह्वाइट, ब्लूल्याण्ड’ राख्ने सांसद बडी कार्टरले उल्लेख गरेका छन् ।ट्रम्पकै कार्यकालमा अमेरिकाको भूमि बढ्ने भन्दै कार्टरले ग्रिनल्याण्ड नाम हटाएर अमेरिकी नाम राख्ने विधेयकमा उल्लेख गरेको अमेरिकी च्यानल फक्सले उल्लेख गरेको छ ।

ट्रम्पले बारम्बार ग्रिनल्याण्ड अमेरिकाले लिने बताएसँगै डेनमार्कले त्यो सम्भव नभएको बताउँदै आएको छ । केहि हप्ता अगाडि एक रुसी सांसदले ग्रिनल्याण्डको भाषा र संस्कृति रुसी नागरिकहरूसँग मिल्ने भन्दै रुसमा गाभिने तर्क गरेका थिए ।

युरोपेली युनियनका अधिकारीहरूले भने ग्रिनल्याण्ड डेनमार्ककै हुने बताउँदै आएका छन् । अमेरिकी तथा डेनमार्कका विभिन्न संस्थाहरूले सर्वेक्षण गरिरहेका छन् । अमेरिकीले गरेको सर्वेक्षणमा अमेरिकामा गाभिन तयारहरू धेरै र डेनमार्कले गरेको सर्वेक्षणमा डेनमार्कमै बस्न तयारहरूको संख्या धेरै देखाइँदै आएको छ ।

अहिले पनि ग्रिनल्याण्डमा अमेरिकी सेनाको शिविर रहेको छ । यस्तै अमेरिकी सहयोग नियोग (युएसएआइडी)माथि कठोर देखिएका ट्रम्पले युएसएआइडीका महानिरीक्षक पउल मार्टिनलाई बर्खास्त गरेका छन्। मंगलबार युएसएआइडीको महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको र उक्त निर्णय तत्कालै कार्यान्वयन हुने भनेर ह्वाइट हाउसबाट मार्टिनलाई इमेल पठाइएको थियो।

उनलाई किन जिम्मेवारीबाट हटाइएको हो भनेर कारण भने नखुलाइएको समाचार संस्था रोयटर्सले जनाएको छ। महानिरीक्षकको कार्यालयले युएसएआइडीका कार्यक्रमहरूको निरक्षण गर्छ। सोमबार यसले एक प्रतिवेदन सार्वजनिक गर्दै कर्मचारी कटौती गर्ने ट्रम्प प्रशासनको आलोचना गरेको थियो।

ट्रम्प र इलन मस्कले भनेजस्तो युएसएआइडी आपराधिक संगठन नभएको पनि प्रतिवेदनमा उल्लेख छ। त्यसरी प्रतिवेदन सार्वजनिक भएको एक दिनमै महानिरीक्षकलाई ट्रम्पले बर्खास्त गरेका हुन्। ट्रम्प प्रशासनले युएसएआइडीका सबै कर्मचारीहरूलाई बिदा दिइसकेको छ।

अर्काेतर्फ ’गल्फ अफ मेक्सिको’लाई आफ्ना समाचारमा ’गल्फ अफ मेक्सिको’ नै लेख्ने भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय समाचार संस्था एशोसियटेड प्रेस (एपी) का रिपोर्टरहरूलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएका छन्।

मंगलबार राष्ट्रपति ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रममा एपीका प्रतिनिधिलाई प्रवेश रोक लगाइएको हो। उक्त घटनापछि एपीले सम्पादकीय लेखेर ट्रम्पको कार्यकारी आदेशअनुसार ’गल्फ अफ मेक्सिको’लाई ’गल्फ अफ अमेरिका’ नलेख्ने भनेकै कारण ह्वाइट हाउसको समाचार संकलन कक्षमा प्रवेश गर्न आफूहरूमाथि रोक लगाइएको जानकारी दिएको छ।

सरकारको खर्च कटौतीका लागि संघीय एजेन्सीहरूलाई इलन मस्कसँग मिलेर काम गर्ने कार्यकारी आदेशमा ट्रम्पले मंगलबार हस्ताक्षर गरेका थिए। हस्ताक्षर कार्यक्रमको समाचार संकलनका लागि पुगेका एपीका पत्रकाहरूलाई प्रवेश रोक लगाइएको थियो।

’हामीलाई गल्फ अफ मेक्सिकोलाई कार्यकारी आदेशअनुसार गल्फ अफ अमेरिका नलेखेसम्म ह्वाइट हाउसमा प्रवेश नदिइने भन्ने सन्देश प्राप्त भएको छ,’ एपीको सम्पादकीयमा भनिएको छ। एपीले यसलाई स्वतन्त्र पत्रकारीतामाथिको प्रहार भनेको छ।

एपीमाथिको कारबाहीलाई ह्वाइट हाउसको पत्रकार संघले पनि आपत्ति जनाएको छ। ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि ’गल्फ अफ मेक्सिको’ लाई ’गल्फ अफ अमेरिका’ नामाकरण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

ट्रम्पको कार्यकारी आदेशअनुसार गुगलले पनि नाम परिवर्तन गरी ’गल्फ अफ अमेरिका’ राखेको थियो। यद्यपि उक्त नाम अमेरिका भित्रबाट हेर्दा मात्रै देखिने र अन्य मुलुकबाट दुवै नाम देखिइने बनाइएको गुगलले बताएको थियो।

यस्तै अमेरिकी सरकारमा एलन मस्कले जवरजस्ती हस्तक्षेप गरेको आरोप लागिरहेको छ । ट्रम्पले संघीय सरकारको आकार र खर्च घटाए सरकारी दक्षता सुधार्ने जिम्मा दिएपछि मस्कले अहिले संघीय निकायहरूमा व्यापक खर्च कटौती गरिरहेका छन् ।

मंगलबार पहिलो पटक ह्वाइट हाउसमा पुगेको समयमा जर्बजस्ती सरकार कब्जा गरेको आरोपको मस्कले खन्डन गरेका हुन् । ओभल अफिसमा ट्रम्पले मस्कको डजका नाममा एउटा आदेशमा हस्ताक्षर गरेका छन् । यसमा संघीय सरकारका कर्मचारी कटौतीका लागि डजलाई बढी अधिकार दिइएको छ ।

यसले सरकारी निकायका प्रमुखहरूलाई डजको आदेश अनुपालना गर्न पनि भनेको छ । पारदर्शिता नदेखाएको र कानूनी चुनौतीहरूमा खलल पु¥याएको भन्दै एजेन्सीले डेमोक्रेटहरूको आलोचना गरेका थिए । तर मस्कले भने गत महिना ट्रम्पले कार्यभार सम्हालेयता सरकारमा व्यापक कटौती गरिएको र यो कठोर वा कठ्ठरपन्थी दुबै नभएको उनको भनाइ थियो ।

जनताहरूले मुख्य सुधारकै लागि सरकारलाई मत दिएको र उनीहरूले यही पाउने पनि उनले बताए । काम गर्ने क्रममा अरुले आफूमाथि पूरै निगरानी राख्छन् भन्ने आशा आफूले गरेको अनि मन लाग्दी गरेर बच्न सक्छु भन्ने आफूले नसोचेको पनि उनले भनेका छन् ।

डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका नयाँ सत्ता अभ्यासको मोडमा छ, जहाँ व्यक्तिगत निर्णय, प्रशासनिक हस्तक्षेप, र विश्व राजनीतिमा आक्रामक रणनीति प्रमुख विशेषता बनेका छन्। ग्रिनल्याण्ड कब्जाको योजना होस् वा संघीय सरकारको खर्च कटौती, ट्रम्प प्रशासनका निर्णयहरूले अमेरिकी आन्तरिक प्रशासनदेखि अन्तर्राष्ट्रिय कूटनीतिसम्म प्रभाव पारेका छन्।

एलन मस्क जस्ता उद्यमीलाई सरकारी ढाँचामा ल्याएर खर्च कटौती गर्ने नीतिले अमेरिकाको प्रशासनिक क्षमता सुधार्ने लक्ष्य राखे पनि, यसले संघीय निकायहरूको स्वायत्तता खतरामा पारेको आरोप लाग्न थालेको छ। अर्कोतर्फ, पत्रकारहरूलाई निषेध गर्ने ट्रम्प प्रशासनको शैलीले प्रेस स्वतन्त्रताको गम्भीर प्रश्न उठाएको छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top