×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डढुवा नलाग्ने आलुको जात विकास

७ माघ २०७४

ललितपुर, माघ ७
नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले नेपालमा पहिलो पटक आलुको जात विकास गरेको छ । अरु जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताए । यसअघि अन्य मुलुकबाट ल्याइएका जात प्रयोगशालामा परीक्षण गरेर राम्रो नतिजा आए कार्यालयले किसानका लागि सिफरिस गर्दथ्यो ।

यस पटक भने क्रस गरेर नयाँ जातकै रुपमा विकास गरिएको हो । उनले भने, ‘हामीले जिल्ला कृषि विकास कार्यालय, बीउ उत्पादक समूह, सहकारी हुँदै किसानसम्म बीउ पठाउँछौं ।’

कार्यक्रमले नयाँ बीउलाई बीउ गुणस्तर जाँच केन्द्रमा पठाएको छ । केन्द्रले त्यसलाई स्वीकार गरेपछि वितरणका लागि सिफारिस गरिने गौतमले बताए । डढुवा र अ‍ैजेरु नलाग्ने खालको आलुको जात विकास गरिएको जानकारी दिंदै उनले भने, “आलुमा लाग्ने रोग कम हुँदा किसानले राम्रो आम्दानी गर्न सक्नेछन् ।”

कार्यक्रमले अहिलेसम्म १० जातका आलुको बीउ किसानलाई वितरण गरेको छ । फरक ठाउँको हावापानी र मौसमअनुसार ती बीउ रोप्दा किसानले राम्रो उत्पादन लिनसक्छन् । पछिल्लो समयमा डढुवा नलाग्ने जात नै कार्यालयले सिफारिस गरिरहेको छ ।

आलु उत्पादन हुने क्षेत्रफलका हिसाबले नेपालको पाँचौं र उत्पादकत्वका हिसाबले पहिलो बाली हो । नेपालका अधिकांश जिल्लामा आलुको खेती हुनेगरेको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top