×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तराई–मधेश फास्ट ट्रयाकको ६.५ किमी सुरुङ निमार्णको जिम्मा दुई चिनियाँ कम्पनीलाई

२ जेष्ठ २०७८

२ जेष्ठ, काठमाडौँ । काठमाडौं–तराई–मधेश द्रुत मार्ग(फास्ट ट्रयाक)को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ।

द्रुत मार्गमा बन्ने ६.५ किमी सुरूङलाई सेनाले दुई भागमा विभाजन गरेर ठेक्का दिन लागेको हो।

महादेवडाँडामा बन्ने ३.५ किमीको सुरूङको लागि चाइना स्टेट कन्ट्रक्सनले ठेक्का पाएको छ। दोश्रो प्याकेजमा रहेको धेद्रे(१.६ किमी),लेनडाँडामा(१.४ किमी) टनेल बनाउने ठेक्का चिनियाँ कम्पनी पोलिच्याङ्गदा इन्जिनियरिङले पाएको छ।

ठेक्का सम्झौतामा शुक्रबार हस्ताक्षर भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

’पहिलो प्याकेज अन्तर्गतको ठेक्का मूल्य २१ अर्ब ६१ करोड छ भने दोश्रो प्याकेज अन्तर्गतको लागत २८ अर्ब ५३ करोड रुपैयाँ छ,’ उनले भने,’६ महिना डिजाइनको लागि छुट्ट्याइएको छ भने काम सक्ने अवधि ३ वर्ष छ। निर्माणको काम इपिस मोडलअन्तर्गत हुनेछ।’

यसका लागि छिट्टै कार्यादेश जारी हुने उनले बताए। ठेकेदार कम्पनीलाई सुरूमा अधिकतम् २० प्रतिशत रकमसम्म दिन सकिने उनले बताए।

७२.४ किमी लामो फास्ट ट्रयाकमा ५५.५ किमी सडक हुनेछ। सडकको ट्रयाकलाई पहाडी भागमा २५ मिटर र समथर भागमा २७ मिटर चौडा बनाइने सेनाको योजना छ। फास्ट ट्रयाकमा ६.५ किमी सुरूङसँगै साना–ठूला गरी ८७ वटा पुल बनाउनु पर्छ। जसको लम्बाई १०.५६ किमी हुनेछ।

२०८१ वैशाखमा सक्न सेनाको लक्ष्य रहेको भए पनि कोरोना महामारीका कारण तोकिएको समयमा काम सक्न कठिन छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top