×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तिब्बतबाट आएका लुटेराहरूले लुट्छन् गुम्बामा रहेका बुद्धका बहुमूल्य मूर्ति

१८ पुष २०७७

डोल्पा : डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ। यहाँ सयौं बर्ष पुराना करिब सय गुम्बा छन्। माथिल्लो डोल्पामा रहेका ती प्राचीन सम्पदाका बहुमूल्य मूर्ति सुरक्षा अभावमा हराएर सकिँदै गएका स्थानीय सरोकारवालाले बताएका छन्। त्यसका लागि उचित सुरक्षा प्रबन्ध मिलाउन उनीहरूले सरकारसँग माग राखेका छन्।

‘उपल्लो डोल्पाका अधिकांश भागमा प्रहरी चौकी छैनन्। भएका पनि बर्खाका केही महिना मात्र हुन्। जाडोमा प्रहरी तलै झर्छन्’, शे(फोक्सुण्डो गाउँपालिका–४ का अध्यक्ष पेमावाङछेन गुरुङले भने, ‘त्यही मौकामा गुम्बाका बहुमूल्य वस्तु चोरी हुने गर्छन्।’ बौद्धधर्मअनुसार गाउँभन्दा टाढा एकान्तमा गुम्बा राखे चोखो हुने, फोहोरबाट टाढा रहने र पूजापाठ गर्दा रोगब्याध, खडेरी, भोकमरीजस्ता अनिष्ट नहुने विश्वास छ। त्यही आधारमा गुम्बा प्रायः टाढा–टाढा हुन्छन्।

गुरुङका अनुसार हरेक वर्ष चीनको तिब्बतदेखि लुटेराहरू आउने र डर त्रास देखाएर बुद्धका मूर्ति लुटपाट गरेर लाने गर्छन्। स्थानीय सरकार आएपछि चोरीका घटना केही कम भए पनि रोकिएको छैन। सुरक्षाकर्मी नहुँदा स्थानीयको त्रास बाँकी नै छ।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा टेकबहादुर शाहीले लेखेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top