×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकियो

१५ बैशाख २०७८

१५ बैशाख, काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा भएको बुधवार (आज) को खेलमा दुवै टोलीले दुई÷दुई गोलको बराबरी खेलेका हुन् ।

खेलको १९ मिनेटमै दुई गोलको अग्रता लिए पनि चितवनले त्यसलाई जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो ।

चितवनका लागि जर्ज प्रिन्स कार्कीले १५ औँ मिनेटमा र १९ औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे ।

लुम्बिनीका आशिष लामाले ३२ औँ मिनेटमा र लक्ष्मण रुचालले ६४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

आजको बराबरीसँगै बुटबल लुम्बिनी चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । चितवनले भने दुई खेलमा बराबरी खेल्दै दुई अङ्क जोडेको छ ।

आजको दोस्रो खेलमा अहिले साढे ५ बजे विराटनगर सिटी एफसी र पोखरा थन्डर्स खेल्दैछन् ।

विराटनगरले पहिलो खेल जितेको थियो भने पोखरा पराजित भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top