×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुबाईमा बस दुर्घटना, १७ जनाको मृत्यु

२४ जेष्ठ २०७६

एजेन्सी । (संयुक्त अरब इमिरेट्स) दुबाईमा इद मनाएर फर्किएकाहरु चढेको बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ ।

पाँच जना घाइते भएका छन् । बिहीबार बेलुकी ओमानबाट फर्किएको बस रासिदियाको शेख मोहम्मद बिन जायद रोडमा दुर्घटना भएको दुबई प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विभिन्न देशका ३१ जना चढेको बस दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका सबैजनाको शव रासिद अस्पतालमा राखिएको छ भने घाइतेको पनि त्यहीँ उपचार भैरहेको खबरमा उल्लेख छ । दुर्घटनामा एक जोडी दम्पती बेपत्ता भएको पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top