×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

२० असार २०८२
२० असार, काठमाडौं ।
धनुषामा प्रहरी र तस्कर समूहबीच भिडन्त भएको छ । विदेह नगरपालिका–२ वैदेहीमा बिहीबार साँझ ७ बजे भएको झडपमा सातजना सशस्त्र प्रहरी घाइते भएका छन् ।
“वैदेहीको दुहबीस्थित नेपाल–भारत सीमानजिक भिडन्त हुँदा सातजना सशस्त्र प्रहरी घाइते हुनुभएको छ,” जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वजरुणबहादुर सिंहले भने, “घाइतेको अवस्था सामान्य रहेको छ ।”
भिडन्तमा चार राउन्ड गोली र १३ सेल अश्रु ग्यास प्रहार भएको उनले जानकारी दिए । “शंका लागेर प्रहरीले सीमा क्षेत्रका घरमा खानतलास लिँदा तस्करहरूले आक्रमण गरेका हुन्,” डीएसपी सिंहले भने, “तस्करहरू कोही पनि नियन्त्रणमा छैनन् ।”
तस्करको थप आक्रमणबाट जोगिन सशस्त्र प्रहरीले हवाई फायर गरेको बताएको छ । गोबराही क्षेत्रमा अवैध सामान लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा गएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीमाथि तस्कर समूहले आक्रमण गरेका हुन् ।
अवैध सामान खोजतलास गर्ने क्रममा सशस्त्रले एउटा मोटरसाइकल फेला पारेको थियो । नजिकै रहेको टहरोमा समेत खोजतलास गर्ने क्रममा अन्दाजी डेढ सयको संख्यामा लुखिछिपी बसेका तस्कर समूहले घरेलु हातहतियार सहित सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए।
उनीहरुबाट भएको ढुंगामुढाका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र ४ राउण्ड हवाई फायर समेत गरेको हो ।
घाइते प्रहरीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । झडपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डिएसपी दिनेश शर्मालगायत सुरक्षाकर्मी घाइते भएका  छन् ।
 तस्कर समूहले भारतीय भूभागतर्फबाट प्रवेश गरी सामग्री ल्याउने प्रयास गरिरहेका थिए । तिनै सामग्री नियन्त्रणमा लिने क्रममा झडप भएको हो । भिडन्तपछि तस्कर समूह घटनास्थलबाट फरार भएका छन् ।
घटनाबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको डीएसपी सिंहले बताएका छन्  । दुहबी भारतीय सीमा क्षेत्र मै जोडिएको छ । यो नाकामा तस्करी नियन्त्रणमा पुग्ने प्रहरीमाथि यसअघि पनि पटक पटक आक्रमण  भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top