×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नाकको डाँडी भाचिदिन्छु भन्ने पूर्वमेयर माओवादीमा प्रवेश

१६ आश्विन २०७९

१५ असोज,काठमाण्डौ

पत्रकारको नाकको डाडी भाँसदिन्छु लगायतका विभिन्न अभिब्यक्तिका कारण विवादमा र चर्चामा आएका सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा (एमाले)का नेता द्वारिकलालसहित एमालेका केही नेता–कार्यकर्ताहरुलाई आइतबार बिहान खुमलटारस्थित आफ्नै निवासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे ।

माओवादी अध्यक्ष दाहाल, पूर्वमन्त्री राम कार्की लगायत नेताहरूले चौधरीको टिमलाई पार्टीमा प्रवेश गराएको हो ।चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

त्यसअघि २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा उनी एमालेको समानुपातिक उम्मेदवार समेत थिए । इटहरी १७ घर भएका चौधरी स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरको उम्मेदवार हुन नपाएपछि चौधरी एमालेसँग रुष्ट थिए । इटहरीको मेयर हुँदा उनले दिएका केही अभिव्यक्तिका कारण उनी निकै आलोचित भएका थिए ।

मेयर भएपछि पार्टीको नीति, नियम र निर्देशन नमानेको भन्दै पार्टी र चौधरीबीच दूरी बढेको थियो । उनी केही महिनाअघि भएको एमालेको जिल्ला अधिवेशनमा पनि हारेका थिए । चौधरी आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा माओवादीबाट प्रदेश सांसदको निर्वाचन लड्ने तयारीमा रहेका छन् ।

यसअघि चौधरी माओवादी केन्द्रमा प्रवेश गर्ने हल्ला चलिरहँदा उनले भने शनिबार मात्रै त्यस कुराको खण्डन गरेका थिए । शनिबार उनले सामाजिक सञ्जाल मार्फत ‘बरु राजनिति छोड्ने तर एमाले नछाड्ने एमालेभित्रै बसेर संघर्ष गरेर बस्ने’ बताएका थिए । तर आइतबार विहानै आफ्नै भनाईलाई गलत सावित गर्दै उनी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top