×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपामा शक्तिशाली वामदेव

१ भाद्र २०७६

१ भदौ, काठमाडौँ ।
नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन् । गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन् ।

उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ । अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ । यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पाटीएभित्र बलिया बन्ने छन् ।

दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुगेका थिए ।

गत स्थायी समिति बैठक (मंसिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राखेका थिए। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए ।

त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो, गौतमको ओलीसँग सम्वन्धविच्छेद हुने भयो । तर ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किए ।

नेकपाकै एक सचिवालय सदस्य भन्छन्, ‘वामदेवलाई ओलीसँग सम्बन्ध बिगार्दा आफू पार्टी राजनीतिमा पर्दापछाडि परिने अनूभूति भइरहनु र ओलीलाई पनि वामदेवलाई विरोधी बनाउँदा पार्टीभित्र अप्ठ्यारो भइरहने अनूभूति भएपछि दुई नेताबीच सम्झौताको सम्बन्ध बनेको हो ।’

ओली–वामदेव सम्बन्धपछि नेकपाभित्रको राजनीतिमा नयाँ समीकरण देखिएको छ । झन्डै दुई साता अगाडिसम्म अध्यक्ष ओली, ईश्वर पोखरेल र विष्णु पौडेल एकातिर र अन्य सचिवालयका ६ नेता अर्का्तिर जस्तै देखिएको राजनीतिक समीकरणमा गौतमको भूमिका बलियो भएपछि नयाँ मोड लिन पुगेको छ ।

सुरुमा दाहालको प्रस्तावमा संगठन विभाग प्रमुखमा प्रस्तावित गौतमलाई प्रधानमन्त्री ओलीले पार्टी्भित्र संगठन विभाग मात्र होइन, विगतको आफ्नो वचन अनुसारकै (नवौं महाधिवेशनका बेला भएको सहमति कार्यान्वयन) अन्य जिम्मेवारीको पनि प्रस्ताव गरेपछि नेकपाभित्र राजनीतिक समीकरण फेरबदल भएको थियो ।

ओली–गौतम सम्बन्ध गौतमको २८ असारमा परेको जन्मदिनमा ओलीले बालुवाटारमा दिएको भोजदेखि नै विस्तार भएको थियो । ओलीले गौतमका बाबु–छोरालाई बालुवाटारमा बोलाएर जिम्मेवारीका वियषमा छलफल गरेपछि दुई नेता नजिकिएका थिए ।

२७ साउनमा अध्यक्ष ओली सिंगापुरबाट फिर्कंदा गौतम पुष्पगुच्छा बोकेर स्वागतका लागि पुगेका थिए । भोलिपल्टै गौतमलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा रात्रिभोज समेत दिएका थिए । भोजका क्रममा ओली र गौतमबीच चार घण्टासम्म भएको छलफलपछि गौतमलाई उपाध्यक्षको पद सिर्जना गर्ने समझदारी बनेको थियो ।

शुक्रबारको सचिवालय बैठकपछि नेकपाभित्र ओली, दाहाल र वामदेवको धुव्रीकरण र वरिष्ठ नेता माधव नेपालको कित्ता अलग्गै देखिन पुगेको छ । त्यत्ति मात्रै होइन, नेकपामा अहिले नेपाल र झलनाथ खनालसँगको सम्बन्धमा पनि ओलीले खेल्न खोजेको नेपाल पक्षले बुझेको छ। १४ महिनाअगाडिको नेता खनालको वरीयता विवादको प्रस्तावलाई फेरि ओली–दाहालले सचिवालय बैठकमा ब्युँताई दिएपछि नेपाल पक्ष झस्किएको छ ।

पार्टीमा पनि बलिया छन् गौतम

तत्कालीन एमालेभित्र ओली र नेपालपछि गौतम बलिया थिए । तत्कालीन माले समूहको नेतृत्वमा रहेका कारण पार्टीभित्र उनको छुट्टै हैसियत थियो । नवौं महाधिवेशनमा ओली–गौतमको समीकरण बनेकै कारण ओलीले अध्यक्षमा जिेतका थिए ।

पार्टी एकतापछि निरन्तर कमजोर बन्दै जान थालेपछि उनी निकटका केही नेताहरूले गुट अदलबदलसमेत गरे। त्यतिबेला गौतमले आफ्नो समूहलाई छिन्नभिन्न पार्ने प्रयास भइरहेको बताएका थिए ।

तर पनि उनको नेकपाभित्र ओली, दाहाल, नेपालपछि रामबहादुर थापासरहकै गुटको प्रतिनिधित्व गर्थे। पार्टी केन्द्रीय समितिको ४४१ सदस्यमा झन्डै ५ प्रतिशत नेता गौतमसँग छन् । केन्द्रीय समितिमा केशवलाल श्रेष्ठ, दलबहादुर राना, बलराम बाँस्कोटा, राधा ज्ञवाली, हरिप्रसाद पराजुली, सावित्रीकुमार भुसाललगायत नेता गौतम पक्षका छन् ।

शुक्रबार थपिएका प्रदेश पदाधिकारीसहित प्रदेशका ४२ पदाधिकारीमा गौतम पक्षका तीन नेता जिम्मेवारीमा छन् । जिल्ला अध्यक्षमा गौतमका ८ नेता छन् । पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्जमा उनी पक्षका एक दर्जन नेताले जिम्मेवारी पाएका छन् । यसैबीच नेकपा सचिवालय बैठक आइतबार बस्दैछ । अन्नपूर्ण पोष्टबाट

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top