×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

११ जेष्ठ २०७५

काठमाडौँ, ११ जेठ ः तपाईंले सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि कति समय कुर्नुभयो ? पक्कै पनि नौ महिना वा वर्षदिनभरि कुर्नुभयो होला ।

सरकारले सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गर्ने योजना अगाडि सारे पनि प्रविधिको अभावमा लामो समयदेखि अनुमतिपत्रका लागि प्रतीक्षा गरिरहनु परेको छ ।

नेपालका आफ्नै प्रविधिको अभावमा त्यसखालको समस्या भोग्नुपरेको भन्दै सूचना प्रविधिको क्षेत्रमा अब्बल विश्वप्रसिद्ध अमेरिकन कम्पनी जेब्राको सहयोगमा मालिका इन्कर्पोरेट कम्पनीले सवारी साधानको अनुमतिपत्र लिने प्रक्रियालाई सहज बनाउने प्रविधि नेपालमा भित्र्याएको छ ।

सूचना प्रविधिलाई अधिकतम प्रयोग गरेर स्वास्थ्य, शिक्षा, बैंक तथा वित्तीय संस्था, राष्ट्रिय महत्वका सूचना संकलन तथा सम्पादनका क्षेत्रमा अग्रेणी सेवा पु¥याउने लक्ष्य राखिएको छ ।

स्मार्ट सवारी साधन अनुमतिपत्रको प्रतीक्षामा रहेका ११ लाख सवारी धनीलाई तीन महिनाभित्रै नेपालमा नै उपलब्ध गराउन सकिने मालिका इन्कर्पोरेट कम्पनीका अध्यक्ष टीकाराम जोशीले जानकारी दिए।

अध्यक्ष जोशीले नेपालको हरेक क्षेत्रलाई कागजरहित बनाउने लक्ष्यका साथ आफूहरुले अमेरिकन प्रविधि नेपालमा भित्र्याएको जानकारी दिए ।

यस्तै लालपूर्जा, सवारी साधन दर्ता पुस्तिकालाई समेत स्मार्ट बनाउन सकिने उनको भनाइ छ । स्वास्थ्य सेवालाई समेत सहज, सरल बनाउनका लागि स्मार्ट प्रविधिको प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।

माइक्रोप्रोसेसर चिप्स जडित त्यस्ता स्मार्ट कार्डमा व्यक्तिगत विवरण राख्न सकिनेछ । व्यक्तिगत विवरण, औँलाको छापलाई लामो समयसम्म राख्न सकिनेछ । सवारी साधन अनुमतिपत्रलाई उपयोगी र गुणस्तरीय बनाउन यसलाई दुवैतर्फबाट ‘लेमिनेड’ प्रविधिको सुविधा दिइने र त्यसबाट अनुमतिपत्र च्यातिने, खुइलिनबाट जोगाउन सकिने अध्यक्ष जोशीको भनाइ छ ।

यस्तो प्रविधिले ट्राफिक प्रहरीले सहजै अनुमतिपत्रको अध्ययन गर्ने, जरिवानाका लागि बलि काट्ने प्रविधि पनि उपयोगमा ल्याउन सकिनेछ ।

यस्तै निर्वाचन आयोगले वितरण गर्ने मतदाता परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिनेछ भने राष्ट्रिय परिचयपत्रसमेत नेपालभित्रै छाप्न सकिने मालिका इन्कर्पोरेटले जनाएको छ ।

यस्तै विद्यार्थी परिचयपत्रलाई समेत स्मार्ट बनाउन सकिने सो कम्पनीले जनाएको छ । विद्यार्थी विद्यालय गए वा गएनन्, कति समय विद्यालयमा बसेजस्ता सामान्य सूचनासमेत मोबाइल एप्लिकेशनमार्फत अभिभावकलाई जानकारी दिन सकिनेछ ।

आज काठमाडौँमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले प्रविधिको सही प्रयोग गरेर मानव जीवनलाई थप सहज र सरल बनाउन सकिने बताए ।

वर्तमान सरकारले डिजिटल नेपाल बनाउने अभियान शुरु गरेको भन्दै उनले यस्ता प्रविधिले त्यसमा साथ दिने र नेपालको विकासमा महत्वपूर्ण आधार खडा गर्ने बताए ।

नेता शर्माले एक्काइसौँ शताब्दी प्रविधिको युग भएकाले नेपालले पनि त्यसलाई प्रभावकारी रुपमा अवलम्बन गर्नुपर्ने र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सकिनेमा जोड दिए ।

हरेक क्षेत्रमा लाइन नै बस्नुपर्ने प्रवृत्तिको अन्त्यका लागि पनि हामीले पछिल्ला प्रविधिको प्रयोगमा जोड दिनुपर्ने धारणा पनि उनले राखे ।

कार्यक्रममा जेब्रा कम्पनीका नेपाल प्रतिनिधि अतुल मिश्रले प्रविधिको प्रयोग गरेर कसरी सहज जीवनशैली अपनाउन सकिन्छ भन्नेबारेमा कार्यपत्र पेश गरेका थिए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top