×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो,६० प्रतिशत काम सकियो

१३ आश्विन २०७५

जनकपुरधाम, असोज १३
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजनाको कार्य प्रगति राम्रो भएको बताएका छन् ।

जनकपुरधाममा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “परियोजनाको कार्य प्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तार कार्य पूरा हुने सङ्केत गरेको छ ।”

भारतीय मन्त्री प्रधानले नेपाली जनताको भावनाअनुसार ३२२ करोड भारतीय रूपैयाँको लगानीमा मोतिहारी– अमलेखगञ्ज पेट्रोल पाइपलाइन विस्तार परियोजना ( ६९ किलो मिटर )कार्यान्वयनमा रहेको उल्लेख गर्दै पेट्रोल आपूर्तिमा प्राकृतिक र अन्य जटिलता उत्पन्न नहोस् भन्ने कुरालाई पनि विशेष ध्यान दिई पाइपलाइन विस्तारको कार्य भइरहेको जानकारी दिए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेट्रोल पाइपलाइन विस्तार परियोजनाको ६० प्रतिशत कार्य सम्पन्न भइसकेको बताउँदै परियोजनाको कार्य सम्पन्नपछि पेट्रोलको आपूर्ति सहज र सरल ढङ्गले हुने र ढुवानी खर्चसमेत कम लाग्नेछ भने ।

आगामी दिनमा महेन्द्रनगर– मुझफरपुर ग्यास पाइपलाइन विस्तारको सम्भावित अध्ययनबारे छलफल भइरहेको बताउँदै उनले धनुषा जिल्लाको धनुषाधाममा सीप विकास केन्द्रको स्थापना गर्ने योजना सम्बन्धमा भारतीय पक्षसँग छलफल भइरहेको छ भने ।

एक प्रश्नको जवाफमा मन्त्री यादवले अन्तर्राष्ट्रिय मूल्य वृद्धिका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बताए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top