×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्युठान जिप दुर्घटनामा ८ जनाको मृत्यु

२२ माघ २०७८

२२ माघ, प्युठान ।
प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका छन् ।

गौमुखी गाउँपालिका–६ लिवाङका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।

सोही ठाउँकी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सत्यनारायण थापाले बताए ।

दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा नौबहिनी गाउँपालिका–६ की बेहुली २० वर्षीय रिमा जिसी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जिसी, गौमुखी गाउँपालिका–६ लिवाङका १७ वर्षीय नरेश खड्का, बेहुला २५ वर्षीय दानबहादुर खड्का र २१ वर्षीया हरि बुढामगर रहेका छन् ।

घाइतेमध्ये बेहुलाबाहेक सबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग१ज५०९२ नम्बरको जिप शनिबार बिहान ३ बजे दुर्घटनामा भएको हो ।

जिप अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top