×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश नं १ का सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँसिने

१० जेष्ठ २०७५

विराटनगर, १० जेठ ः प्रदेश नं १ अन्तर्गतका आन्तरिक मामिला तथा कानून मन्त्रालयले १०० दिन पूरा गरेको अवसर पारेर प्रदेशका १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँस गर्ने भएको छ ।

जेठ १४ गतेदेखि बिहान ८ बजे एकै समयमा प्रदेशको सबै जिल्लामा स्टिकर टाँस गर्ने कार्य शुभारम्भ हुने मन्त्रालयका अधिकृत मुरारीप्रसाद घिमिरेले बताए ।

जनतासँग प्रहरी कार्यक्रमलाई सार्थक बनाउने उद्देश्यले आमजनताको घरदैलोमा प्रहरीको टेलिफोन नम्बरसहित सूचनामूलक स्टिर प्रदेशका ११ लाख १४ हजार घरधुरीमा टाँसिने कार्यक्रम रहेको बताइएको छ ।

यसबाट आमनागरिकलाई घटनाको सूचना आदानप्रदान गर्न र समाजमा सुरक्षाको स्थितिलाई बलियो बनाउन पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top