×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश र स्थानीय सरकार स्वतन्त्र नभई केन्द्र मातहत नै रहने हो ः प्रधानमन्त्री

२४ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय सरकार स्वतन्त्र नभई केन्द्र मातहतमै रहेको बताए ।
संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय सरकार संघीय सरकारकै मातहतमै हुने भन्दै त्यसमा धेरै नअल्मलिन आग्रह गरे ।
‘यो पनि कुनै अनौठो कुरा हो र भन्या ?,’ उनले भने ‘प्रदेश र स्थानीय सरकार स्वतन्त्र सरकार त होइनन् नि । ती त संघीय सरकारकै मातहतमा हो । यस्ता कुराहरुमा अल्मलिरहनु हुँदैन ।’
प्रदेश र स्थानीय सरकारले के कति काम गर्ने भन्ने अभ्यास स्थापित गर्नुपर्ने भन्दै उनले त्यस तर्फ सरकार गम्भीर रहेको पनि बताए । यस्तै प्रधानमन्त्री ओलीले विगतमा भएको भ्रष्टाचारको छानबिन अहिले आफ्नो सरकारले गरिरहेको पनि दाबी गरे । उनले भने , ‘यो सरकार बनेपछि खुला मञ्च मास्या हो र ? अहिले त्यो खुलामञ्चलाई फिर्ता ल्याउने काम हुँदैछ । अहिले बालुवाटारको जमिनको समस्या पैदा भएको हो ? अहिले त छानविन हुदैछ । वाईडवडीको कारोबार अहिलेको सरकार आएर गर्या हो र ? तर त्यसको छानबिन पो अहिले हुँदैछ ।’
सरकारले एक वर्षका लागि मात्रै नभई दूरगामी दृष्टिका साथ नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्री ओलीले दाबी  गरे  । राष्ट्रलाई सम्मृद्ध बनाउन संविधानले सुम्पेको अभिभारा अनुसार सामाजिक न्याय र समानताको बाटो नीति तथा कार्यक्रमले तय गरेको दाबी गरे । विगतमा पनि बहुमतका सरकार भएको तर स्थिरता र स्थायित्व नभएको भन्दै उहाँले शान्ति र स्थायित्वलाई बुझेको वर्तमान सरकारले नीतिगत स्पष्टता, अग्रगामी सोच र अठोटसहितको स्थिरता र स्थायीत्वका कुरा नीति तथा कार्यक्रममा ल्याएको दाबी गरे । पृथकतावाद अन्त्य भएको, शान्ति सुव्यवस्था कायम भएको, सामाजिक सुरक्षा, रोजगारीका अवसर श्रृजना गर्ने, विकास निर्माण लगायत सवालमा थुप्रै युगान्तकारी कामहरु भएको भन्दै उहाँले चालु आर्थिक वर्ष सबै कोणबाट आधार वर्षको रुपमा रहेको उनले उल्लेख गरे ।
कम्बोडिया र भियतनाम भ्रमणबारे जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया र भियतनाम भ्रमणबारे संघीय संसदलाई जानकारी गराएको छ । संघीय संसदको प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूले यही वैशाख २६ गतेदेखि कम्बोडिया र भियतनामको औपचारिक भ्रमण गर्न लागेको जानकारी गएको हो । उनले जेठ १ गतेसम्म हुने आफ्नो औपचारिक भ्रमणले अन्तर्रा्ष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुको साथै नेपालको पर्यटन प्रबर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास आफूले लिएको बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top