×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ को नाम खम्बुवान–लिम्बुवान राख्न खम्बुवान राष्ट्रिय मोर्चाको माग

२२ बैशाख २०७६

विराटनगर, वैशाख २२
प्रदेश १ को स्थायी राजधानी र नामको टुंगो लगाउने अन्तिम तयारी भईरहेको समयमा खम्बुवान राष्ट्रिय मोर्चा नेपाल मोरङ जिल्ला समितिले प्रदेश १ को नाम खम्बुवान, लिम्बुवान नामाङ्कन गर्न माग गरेको छ । खम्बुवान जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई सो बिषयको ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला समितिका पदाधिकारीहरु सम्मिलित टोलीले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी मार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

खुम्बुवान राष्ट्रिय मोर्चाका मोरङ अध्यक्ष रणेन्द्र थिम्राहाङले प्रमुख जिल्ला अधिकारी केसीलाई ज्ञापनपत्र हस्तान्तरण गरे । मोर्चाद्वारा पठाइएको ज्ञापनपत्रमा प्रदेश एकको नामाङ्कनगर्दा जातिय पृष्ठभूमिको आधारमा राजनीतिक अधिकार सहितको खम्बुवान,लिम्बुवान नामाङ्कन गर्न माग गरिएको छ ।

नेपालमा २ सय ३८ बर्षदेखि जातिय असमानता र विभेदको अन्त्य गर्नलाई एकात्मक शासन प्रणालीको अन्त्यगरि संघात्मक शासन प्रणालीमा प्रवेश गरेको तर संघीयतामा जानुको मर्मलाई बेवास्तागर्दै हचुवाको भरमा सात प्रदेश कायमगरि संघीयतालाई तुहाउन खोजिएको दाबी गरिएको छ ।

यस्तै संबिधान लेख्दा भएको भुललाई केहि हदसम्म सच्याउन प्रदेश एकलाई खम्बुवान,लिम्बुवान नामाङ्करण गर्न जोडदार माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रदेशका सबै जिल्लाबाट एकैपटक प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश सरकारलाई सो बिषयको ज्ञापनपत्र बुझाइएको मोर्चाका सचिव राजुदेव राईले जानकारी दिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top