×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ को राजधानी विराटनगर, नाम तत्काललाई थाँती

२० बैशाख २०७६

विराटनगर, वैशाख २०
प्रदेश १ को राजधानी र नाम तय गर्न विराटनगरमा बसेको नेकपाको बैठकले प्रदेश १ को राजधानी विराटनगर राख्ने तय गरेको छ । नाम भने अर्को अधिवेशनले टुङ्गो लगाउने सहमति जुटेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

राजधानी वृहत विराट क्षेत्रको विराटनगरमा हुनेछ । राजधानीको संरचना विराटनगर, इटहरी र गोठगाउँमा रहने तय गरिएको छ भने राजधानीको संरचनामा कार्यपालिका र व्यवस्थापिका रहनेछ ।

तीन दिन देखि प्रदेश एक संसदमा सहभागी दलका प्रतिनिधि र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने नेकपा सांसदसँगको रायका आधारमा अन्तिम निर्णय लिइएको हो ।

नामका बारेमा भने पुनः विस्तृत छलफल गरेर सबैलाई मान्य हुने निर्णय आउने बताइएको छ । नेकपा संसदीय दलको बैठक भने आइतबार १ बजेलाई बोलाइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top