अमेरिकाको सहयोगमा विराटनगरको कोशी अञ्चल अस्पतालमा बर्थिङ सेन्टर बन्ने

विराटनगर, बैशाख २०
विराटनगरको कोशी अञ्चल अस्पताल परिसरमा बर्थिङ सेन्टर निर्माण हुने भएको छ । अमेरिकाको सहयोगमा बन्ने सेन्टरको शुक्रबार उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर लगायतले बर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।

अमेरिकी दुतावास , अमेरिकी सेना लगायतको आर्थिक सहयोगमा बर्थिङ सेन्टर १ बर्ष भित्र सक्ने गरी निर्माण सुरु भएको हो । १२ करोडको लागतमा ३ कठ्ठा जमिनमा १ सय बेडको दुईतले बर्थिङ सेन्टर निर्माण सुरु भएको अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले बताए । सम्पूर्ण सुविधा सहितको बर्थिङ सेन्टरले विराटनगरबासीलाई मात्र नभई पूर्व क्षेत्रका गरीब विपन्न वर्गका लागि सहज हुने अस्पतालले जनाएको छ ।

Advertisement

बर्थिङ सेन्टरको उद्घाटन गर्दे स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपाल सरकारले स्वास्थ्य नीति पारित गरी सकेको जानकारी दिँदै कोशी अस्पतालको सेवा सुविधा विस्तार गर्न संघीय सरकार लागि परेको बताए । यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर स्वास्थ्य क्षेत्रको हब बन्दै गएको बताए ।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले गरीब र विपन्न वर्गको अस्पताल भनेर चिनिएको कोशी अस्पताललाई टिचिङ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए । उनले स्थानीय सरकारको हैसियतले महानगरपालिका सहयोग गर्न तयार रहेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top