×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानन्यायाधीशकै फेक अकाउन्ट, धमाधम क्रिप्टोको प्रचार

१२ फाल्गुन २०८१

१२ फागुन, काठमाण्डौ ।

प्रधानन्यायाधीश र सर्वोच्च अदालतको नामबाट नेपालमा कानूनी रुपमा अवैध रहेको क्रिप्टो करेन्सीको प्रचार गरिएको पाइएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको तस्बिर राखेर सामाजिक सञ्जाल एक्स (ट्विटर)मा खाता खोलिएको भन्दै सर्वोच्च अदालतले चासो व्यक्त गरेको छ।

सर्वोच्च अदालतका उपरजिष्ट्रार नवीनकुमार यादवले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। SupremeCourtNP युजर नेममा मिस्टर प्रकाश नेपाल भनेर नाम राखिएको छ। त्यसमा प्रधानन्यायाधीश राउतकै तस्बिर राखिएको छ भने सरकारी निकायले प्राप्त गर्ने ग्रे भेरिफिकेसन पनि राखिएको छ।

एक्सले खरानी रंगको भेरिफिकेशन विशेषगरी सरकारी संस्थाहरूलाई दिने गर्छ। सर्वोच्च अदालतको नाममा खोलिएको उक्त खाताबाट क्रिप्टोकरेन्सीका भ्रामक ट्विटहरू गरिएका छन्। यसबारे समाचार बाहिरिएपछि सर्वोच्च अदालतले यसबारे सचिवालयको ध्यानाकर्षण भएको जनाएको हो।

फेब्रुअरी २०२५ मा खोलिएको यो अकाउन्टको परिचय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम लेखेर राउतको तर्फबाट आधिकारीक जानकारी पोष्ट गरिने बताइएको छ । उक्त अकाउन्टको पीन पोस्टमा नेपालले फागुन १२ मा आधिकारीक रुपमा ‘डलर नेपाल, नेसनल क्वेन’ नामको ‘क्रिप्टो करेन्सी’सर्वाजनिक गर्न लागेको सूचना राखिएको छ ।

त्यही पोष्टमा लेखिएको छ, ‘अफिसियल अनाउन्समेन्ट, मिनिस्ट्री अफ फाइनान्स, राइट अनरेबल चिफ जस्टिस मिस्टर प्रकाशमान सिंह राउत ।’ अर्थात प्रधानन्यायाधीश राउतले ‘डलर नेपाल, नेसनल क्वेन’ नामको क्रिप्टो करेन्सी सार्वजनिक गर्ने भनिएको छ ।

यो एक्स ह्याण्डलबाट ‘डलर नेपाल, नेसनल क्वेन’का बारेमा पोष्ट गरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसमेत राखेर नेपाल ‘डलर नेपाल, नेसनल क्वेन’ सार्वजनिक गर्न लागिएको उल्लेख छ । तर प्रधानन्यायाधीश राउतको ट्विटर खाता नै नभएको उपरजिष्ट्रार यादवले बताएका छन् ।

‘फेक अकाउन्ट सिर्जना गरी उक्त ट्विटर अकाउन्टबाट हुँदै नभएको, कपोकल्पित र भ्रमात्मक विषयवस्तु ट्विट एवं शेयर गरी सर्वोच्च अदालतको गरीमा र मर्यादा घटाउने तथा सम्माननीय प्रधान न्यायाधीशज्यूको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकोले सो ट्विटमा उल्लेख भएको झुट्टो व्यहोरा प्रति विश्वास नगर्न सर्वसाधारण सबैमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यसबारे अनुसन्धान गर्न सर्वोच्च अदालतले प्रहरीलाई निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख छ। ‘यस प्रकारको गलत एवं भ्रमात्मक सामग्री तत्काल हटाउन तथा सो सामग्री ट्विट गर्ने व्यक्तिलाई शिघ्र कानूनी दायरामा ल्याउन अनुसन्धान गर्ने निकायलाई आवश्यक निर्देशन दिइसकिएको व्यहोरा सर्वसाधारणको जानकारीको लागि अनुरोध छ,’ यादवले भनेका छन्।

यो ह्याडलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र कांग्रेसका शेखर कोइराला लगायत नेताहरूको फोटो राखेर नेपालमा ‘डलर नेपाल, नेसनल क्वेन’ सार्वजनिक हुन लागेको सूचना राखिएको छ । १४ हजार ४ सय फलोअर रहेको यो अकाउन्ट ६८ वटा पोष्ट गरिएका छन् ।

पछिल्लो समय १० घण्टा अघि पोष्ट गर्दै लेखिएको छ, ल्भ्एब्ी ले नेपाललाई क्रिप्टोकरेन्सी सम्पत्तिमा अग्रणी स्थान दिनेछ। यो त सुरुवात मात्र हो, अर्थतन्त्रका लागि नयाँ अवसरहरू खोल्ने, वित्तीय प्रविधिहरूमा पहुँच बढाउने र विश्वव्यापी लगानीलाई आकर्षित गर्ने।

न्याय प्रणालीको हवाला दिदैं यो प्रोफाइलबाट नेपालमा प्रतिबन्धित ‘क्रिप्टो करेन्सी’को प्रचार भइरहेको छ । तर, सर्वोच्च अदालतले भने प्रधान न्यायाधीशको कुनै एक्स अकाउन्ट नरहेको बताएको छ।

सर्वोच्च अदालतले विज्ञप्ती जारी गरेर भनेको छ, ‘उक्त ट्विटर अकाउन्टबाट हुँदै नभएको, कपोकल्पित र भ्रामात्मक विषयवस्तु टुइट एवं शेयर गरी सर्वोच्च अदालतको गरीमा र मर्यादा घटाउने तथा सम्माननीय प्रधान न्यायाधीशज्यूको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकोले सो ट्विटमा उल्लेख भएको झुठो व्यहोराप्रति विश्वास नगर्न सर्वसाधारण सबैमा अनुरोध गरिएको छ ।’

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top