×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै

६ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

आइतबार प्रतिनिधि सभा विघटन गरेका ओलीले अहिले भइरहेको चौतर्फी आलोचनालाई मध्यनजर गर्दै सम्बोधन गर्न लागेको बुझिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

प्रतिनिधि सभा विघटन भइ ताजा जनादेशका लागि नयाँ चुनावको मिति आइतबार तय भएपछि यस विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आजै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य र निवर्तमान सांसद्सँग बालुवाटारमा परामर्श गरेका थिए ।

संसद् विघटनपछि नेकपासहित अन्य पार्टीहरूले विरोध गइरहेका छन्, देशैभरि प्रदर्शन भइरहेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top