×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फिफा विश्वकप र एसियन कपको छनोट खेल सन् २०२१ सम्मका लागि स्थगित

२८ श्रावण २०७७

२८ साउन, काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालको बाँकी तीन खेल फेरी स्थगित भएका छन् ।

यसअघि कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मतिमा खेल हुन नसकेपछि एएफसीले २ महिनाअघि अक्टोबर र नोभेम्बरमा खेल गर्न नयाँ मिति सार्वजनिक गरेको थियो । दशरथ रंगशालामा हुने भनिएको खेल अब कम्तिमा सन् २०२१ सम्मको लागि स्थगित भएको छ ।

एएफसीले छनोटमा सहभागी सबै सदस्य राष्ट्रलाई जुलाई ३१ सम्म अक्टोबरमा हुने खेलको विस्तृत विवरण माग गरेकोमा धेरै राष्ट्रले कोरोना भाइरस संक्रमणका कारण खेल आयोजना गर्न नसक्ने बताएपछि खेल स्थगित भएको हो । सहभागी राष्ट्रहरुले कोरोनाका कारण सरकारले अन्तर्राष्ट्रिय आवागमनमा लगाएको प्रतिबन्धका कारण तयारी हुन नसकेको जनाएका छन् ।

यस्तै खेल गर्न आवागमन सहज भएपनि स्वास्थ्यको दृष्टिकोणले हाल खेल गर्न सहज नहुने निर्क्यौल एएफसीको रहेको छ । एन्फाले भने खेलाडीलाई पीसीआर परिक्षण गराएर बन्द प्रशिक्षण गराउने तयारी गरेको थियो । दशरथ रगंशालाको काम पनि नियमित हुँदै आएको थियो ।

छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ । सुरुवात पांच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ । पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top