×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाबुराम पनि अब सरकारमा

१९ बैशाख २०७६

काठमाडौँ, बैशाख १९
उपेन्द्र यादव नेतृत्वको सत्तारूढ दल संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीबीच एकता हुने भएको छ । दुईपार्टीबीच एकतापछि नयाँ शक्तिका संयोजक भट्टराई पनि सत्तारुढ दलका सांसद बन्ने छन ।

तीन महिनायता जारी वार्ता प्रक्रियाले केही दिनमै मूर्तरूप पाएर दुई दल एक हुने भएका हुन् । वैशाख २० र २१ गते बस्ने दुई दलको केन्द्रीय समिति बैठकले एकतामा जाने निर्णय गर्ने भएका छन् । सम्भवत वैशाख २३ गते यी दुई दलबीच एकताको घोषणा हुने बताइएको छ ।

उप–प्रधानमन्त्री समेत रहेका यादव नेतृत्वको फोरम र भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता प्रक्रिया अघि बढेको फोरमका निर्वाचन समितिका प्रमुख शिवजी यादवले बताए । सहमति अनुसार दुवै अध्यक्ष राखिनेछ । वरियतामा बाबुराम अगाडि हुनेछन, त्यसपछि उपेन्द्र रहनेछन् भने तेस्रोमा अशोककुमार राई । दुई पार्टीले पार्टीको बैचारिक सिद्धान्त र झण्डामा करिब कुरा मिलाइसकेका जनाएको छ ।

नयाँ पार्टीको केन्द्रीय कमिटीको भागवण्डा पनि दुई दलले विभाजन गरिसकेका छन् । निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भएको थियो। तर नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top