×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बुद्ध एयरमा यात्रुसंगै मुसा देखिएपछि…

६ जेष्ठ २०८०

६ जेठ, काठमाण्डौ ।

आज विहान सवा ९ बजे जनकपुरधाम विमानस्थलबाट काठमाडौं आउन लागेका बुद्ध एयरका यात्रुहरु मुसाका कारण समयमै गन्तब्यतर्फ जानबाट बञ्चित भएका छन् । ४९ यात्रुहरु सवार बुद्ध एयरको विमानमा मुसा भेटिएपछि उक्त उडान स्थगित भएको छ । विमान काठमाडौं उड्न लागेकै बेला मुसा भेटिएको थियो ।

विमानमा यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए । उनका अनुसार प्राविधिक जाँचका लागि केही बेर विमान होल्ड गरिएको छ । अब उडान परीक्षणपछि मात्र हुनेछ । विमान होल्डपछि यात्रुहरु अलपत्र परेका छन् । यो जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो ।

तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले मुसा देखेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘काठमाडौंबाटै उडेको जहाज थियो। त्यहाँबाट यात्रु बोकेर काठमाडौं आउन लागेको थियो। यात्रुहरू बसिसकेका थिए।

त्यसबेला यात्रुले मुसा देखेछन्,’ उनले भने। जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनियरको टोली जनकपुर जाने तयारीमा छन् । इन्जिनियरहरूले जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने उनले बताए । निरौलाले यात्रु अर्को जहाजमार्फत काठमाडौँ ल्याइएको पनि बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top