×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बैतडीमा बस दुर्घटना हुँदा २० जना घाइते

११ आश्विन २०७६

११ असोज, धनगढी । बैतडीको पाटन नगरपालिका–६ लार्खा भन्ने स्थानमा शनिबार बिहान साढे तीन बजे बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

घाइते मध्य १४ जना बैतडीकै पाटन अस्पतालमा उपचारपछि घर फर्केका छन् भने ६ जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए ।

बैतडीमा एक्सरे मेसिन नहुँदा उपचारमा समस्या भएपछि घाइतेको थप उपचारका लागि डडेलधुरा रेफर गरिएको प्रवक्ता चन्दले बताए ।

उनका अनुसार शुक्रबार महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको ना ४ ख ४०१९ नम्बरको महाकाली यातायातको बस अनियन्त्रित भएर सडकबाट कम्तिमा १० मिटर तल खेसेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top