×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ब्राजिलले चीनियाँ खोप प्रयोग नगर्ने

२६ कार्तिक २०७७

२६ कात्तिक, एजेन्सी ।

चर्को रुपमा आलोचना गर्दै परिक्षणमा रोक लगाएको घोषणा गरेपनि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरस विरुद्धको चीनियाँ भाइरसको क्लिनकल परिक्षण निलम्बन गर्नुलाई जित भएको घोषणा गरेका छन्।

ब्राजिलमा भइरहेको सो खोपको परिक्षणका क्रममा एक जना स्वयं सेवकको मृत्यु भएपछि रोकिएको थियो । ब्राजिलका स्वास्थ नियन्त्रक एन्भिजाले गत २९ अक्टोबरमा खोप परिक्षणमा संलग्न स्वयं सेवकमाथि सो घटना भएको जानकारी दिए पनि त्यस सम्बन्धी विस्तृत विवरण भने दिइएको छैन ।

खोप निर्माता निकायका प्रमुखले भने ती मानिसको मृत्यु मेडिकल परीक्षणसँग सम्बन्धित नभएको स्थानीय संचार माध्यमहरुलाई जानकारी दिएका छन् ।

राष्ट्रपति बोल्सोनारोले चीनसँग जोडिएकै कारण खोपका विषयमा आलोचना गर्दै आफ्नो मुलुकले सो खोप खरिद नगर्ने बताए । उनले खोप परिक्षणका लागि सहयोग गरिरहेका साओ पावलो र जोआओ डोरियाका गभर्नरहरुको सार्वजनिक गरेका छन् ।

कोरोना विरुद्धको खोपको निर्माण चीनियाँ कम्पनी सिनोभ्याक बायोटकले गरेको हो । सो कम्पनीले विश्वभर खोपको अन्तिम चरणको परीक्षण गरिरहेको छ ।

ब्राजिल विश्वमै कोरोनाबाट बढी प्रभावित मुलुक मध्येमा पर्छ । ब्राजिलमा हालसम्म ५७ लाखभन्दा बढी मानिसमा संक्रमण भइसकेको छ भने कोरोना संक्रमणकै कारण हालसम्म १ लाख ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top