×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतमा १५ सहरमा रेल सेवा सुचारु, सेवा सञ्चालन हुनुअगावै ३० हजार बढी टिकट बिक्री

३० बैशाख २०७७

३० बैशाख, एजेन्सी । भारतमा कोरोना संक्रमण बढेसँगै रोकिएको रेल सेवा आज(मंगलबार)बाट सुरु भएको छ ।
रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो ।

मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि हिजोदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ ।

यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म पुर्‍याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो ।

रेल चढेर गन्तव्यमा जान पाएको खुसीमा केही यात्रुहरुले रेललाई ढोगेको तस्वीरसमेत सार्वजनिक भएको छ ।

रेलमन्त्री पीयुष गोयलका अनुसार प्रवासी कामदारलाई उनीहरुको घरसम्म पुर्‍याउन ४६८ वटा रेल सञ्चालन गरिएको छ ।
कोरोना संक्रमणको त्रासका बीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ ।

भारतीय रेल सेवा सुरु भएपछि हवाई सेवा पनि सञ्चालन गर्ने तयारी रहेको छ । यस्तै दिल्लीभित्र चल्ने सार्वजनिक रेल सेवा पनि सञ्चालनको तयारी भइरहेको भारतीय सञ्चार मध्यमहरुले जनाएका छन् ।

दिल्ली मेट्रोले पनि सेवा सुचारु गर्ने तयारी गरेको जनाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली मेट्रो २२ मार्चदेखि बन्द गरिएको छ ।

यसैबीच रेलवे सेवा सञ्चालन हुनुअघि अनलाइनमार्फत ३० हजार भन्दा बढी टिकट बिक्री भइसकेका छन् ।

करिब ५४ हजार यात्रुले रेलवे यात्राका लागि टिकट खरिद गरिसकेको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । अनलाइन आवेदन खुलाएको केही घण्टामै १० करोड भन्दा बढीको कारोबार भएको बताइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top