×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भ्रष्टाचार लगायतका अभियुक्तको नागरिकता विवरण र फोटो अनिवार्य पेश गर्न विशेष अदालतको पत्राचार

३० भाद्र २०७७

३० भदौ, काठमाडौं । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र राष्ट्र विप्लवजस्ता मुद्दाका अभियुक्तको फोटो पठाउन विशेष अदालतले सम्बन्धित निकायलाई पत्राचार गरेको छ।

आइतबार विशेष अदालतले ती मुद्दाका अभियुक्तहरूको फोटो पठाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गरिएको विशेष अदालतका रजिष्ट्रार अशोक क्षेत्रीले जानकारी दिए।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ (१)(घ)ले अदालतमा अभियोगपत्र पेश गर्दा प्रतिवादी वा अभियुक्तको फोटो पनि साथै राखी पेश गर्नुपर्ने भनिएको छ । फोटो भए, पछि फैसला कार्यान्वयन गर्ने बेला वा पक्राउ गर्ने प्रयोजनका लागि पनि निकै सहज हुने र कानुनमै भएकाले त्यसको कार्यान्वयन गर्न भनिएको उनले बताए ।

अहिलेसम्म अख्तियार वा विभाग कसैले पनि अभियुक्तको फोटो अभियोगपत्रका साथ पेश गर्दैनथें । अब भने अनिवार्य पेश गर्न विशेष अदालतले पत्राचार गरेको हो।

त्यतिमात्र होइन अभियोगपत्रमा अभियुक्तको नागरिकता नम्बर, नागरिकता जारी गरेको जिल्ला र नागरिकता जारी गरेको मिति समेत उल्लेख गर्न पनि विशेषले पठाएको पत्रमा उल्लेख छ।

नागरिकताको विवरण भए मुद्दा तामेली, म्याद जारी वा फैसला कार्यान्वयनको प्रक्रिया सहज हुने रजिष्ट्रार क्षेत्रीले बताए।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top