×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङका कैदीबन्दीले उपचार पाएनन्, जेलरले पैसा मागेको आरोप

२५ बैशाख २०८०

२५ वैशाख, विराटनगर ।
जिल्ला कारागार मोरङमा रहेका एक दर्जन कैदीबन्दीले जेलरका कारण आफुहरुले स्वास्थ्य उपचार नपाएको बताएका छन् । विराटनगस्थित मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले कारागारमा रहेका १२ जना बन्दीहरुलाई रकम नदिएकै कारण उपचार गराउन जान नदिएको कैदीबन्दीहरुले आरोप लगाएका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार कोही कैदीबन्दीहरु विरामी भएमा रोग र विरामी अनुसार आफ्नै खर्चमा अस्पताल जान पाउने प्रावधान रहेको छ । तर जेलर कोइरालाले उपचारका लागि जान बारम्बार पत्र पठाउदा समेत जान नदिएको उनीहरुले बताएका छन् ।

कैदीबन्दीहरुले जेलरले व्यवसायी तथा कैदीबन्दीहरुबाट रकम लिने गरेको समेत आरोप लगाएका छन् । उनीहरुले जेलर कोइरालाले मोरङ कारागार भित्र, बाहिरबाट सामान ल्याउने व्यवसायी तथा कैदीहरुसँग समेत रकम माग्ने गरेको बताएका छन् ।

विभिन्न अभियोगमा पूर्पक्षका लागि मोरङ कारागारमा रहेका रफुल मियाँ, दिपक दास, बलबहादुर नेपाल,ओमप्रकाश मण्डल, अक्षय मण्डल, अव्दुल खताव, साहिद मियाँ, काजीमान पुरी लगायतले बारम्बार कारागार प्रशासनलाई उपचारका लागि जान पत्र पठाउँदा समेत जेलर कोइरालाले निजी अस्पतालमा जान नदिएको बताएका छन् ।

कैदीबन्दीले आफुले चाहेको हस्पिटलमा उपचार गर्न जाने प्रबन्ध मिलाइदिए बापत जेलर कोइरालाले रकम माग गर्ने गरेको बताएका छन् । एक कैदीबन्दीले भनेका छन्, पैसा दिन सकियो भने जुन अस्पतालमा भन्यो सोही अस्पतालमा जेलरले पठाउँछन् तर पैसा दिन सकिएन भने उनले सरकारी अस्पतालमा समेत पठाउन मान्दैनन् ।

कैदीबन्दीहरुले जेलर कोइरालाले आफूहरुका लागि आवश्यक औषधिहरु समेत नदिएको आरोप लगाएका छन् । जेलरबाट पीडित हुनु परेको र स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत उपचारबाट बन्चित हुनु परेको भन्दै उनीहरुले न्यायका लागि मानव अधिकार आयोग र पत्रकार महासंघ कोशी प्रदेशमा समेत निवेदन दिएको बताएका छन् ।

मोरङ कारागारका जेलर कोइरालाले भने यस विषयमा आफुलाई कुनैपनि जानकारी नभएको बताएका छन् । जेलरमाथि लागेको आरोपका विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले भने आफु भर्खरै जिल्ला आएको भन्दै यस विषयमा चाँडो भन्दा चाँडो अनुसन्धान गर्ने बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top