×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रविमाथि कांग्रेसको छायाँ पनि पर्न नदिनेमा प्रचण्ड–ओली

६ चैत्र २०८०

६ चैत , काठमाण्डौ ।

पछिल्लो पटक नयाँ मन्त्रीपरिषद् विस्तार भएसंगै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अब सहकारी अनियमिततामा लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । छानबिन गर्न सरकार तयार नभए संसद चल्न नसक्ने उसले चेतावनी दिएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री लामिछानेमाथि नेपाली कांग्रेसले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

उनले गृहमन्त्रीको बचाउ गरेका थिए । उनी कुनै सहकारीको सञ्चालक र व्यवस्थापन नभएको र उनको नाममा प्रवाह भएको ऋण फर्स्योट भएको देखिन आएकाले अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ आएको प्रधानमन्त्रीको दाबी थियो । उनले यसलाई लिएर कांग्रेस राजनीतिकरण गर्न नहुने पनि बताएका थिए । तर प्रधानमन्त्रीको जवाफमा कांग्रेस सन्तुष्ट भएन । प्रश्नोत्तर सकिएलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध गरे ।

सभामुखले समय दिएपछि बोलेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको सबै दाबीमा प्रश्न उठाए । ‘प्रधानमन्त्रीको जवाफले चित्त त बुझेन, बरु चिन्ता जाग्यो । चिन्ता के भने सम्माननीय प्रधानमन्त्रीलाई गलत जानकारी दिइँदैछ’, लेखकले भने, ‘प्रधानमन्त्री नै अँध्यारोमा हुनुहुन्छ भने निष्पक्ष छानबिन कसरी होला होला ?’ पीडितले दिएको जाहेरी, पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन र स्वयं लामिछानेले सरकारी अड्डामा गरेको कागजात बाहिर आइसक्दा प्रधानमन्त्रीले प्रमाण छैन भनेको उल्लेख गर्दै लेखकले प्रश्न गरे, ‘के प्रमाण हुँदा अनुसन्धान हुन्छ ?’ प्रधानमन्त्रीले प्रमाण नै छैन भनेको र आफूहरुले पर्याप्त प्रमाण देखेको भन्दै उनले यसको छिनोफानोका लागि संसदीय छानबिन समिति गठनको प्रस्ताव गरेका छन् ।

विगतमा पनि प्रश्न उठ्दा मन्त्रीहरुले राजीनामा दिएको र संसदले छानबिन गरेको उदाहरण दिँदै कांग्रेस प्रमुख सचेतक लेखकले भने, ‘सदनभित्र छानबिन समिति गठन गरौं । प्रमाण छ कि छैन हेरौं ।’ यसअघि अर्को सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि रविको बचाउ गरेका थिए । उनले पनि गृहमन्त्रीलाई लिएर काँग्रेसले अनावस्यक राजनीतिकरण गरेको आरोप लगाएका थिए । ओलीले सहकारी प्रकरणमा लामिछाने निर्दाेश रहेको दाबी गरेका थिए ।

मंगलबार धनगढीमा संचारकर्मीसँग कुरा गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाली कांग्रेसले रविको पार्टी आफूसँग नमिलेकोमा आक्रोश पोखिरहेको आरोप लगाएका थिए । साथै, ओलीले रवि निर्दोष भएका कारण गृहमन्त्री पदबाट राजीनामा दिनुपर्ने सम्मको अवस्था नभएको बताएका छन् ।

‘उनी (रवि) सहकारी डुबाउने कुरामा लागेका छन? पैसा उठाउने सञ्चालन हुन? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ?’ ओलीले भने,’ ‘नेपाली कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा रविलाई बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top