×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रास्वपाको कारबाहीमा परे चन्दन, प्रतिक्रियामा भने : धन्यवाद !

२० भाद्र २०८१

२० भदौ, विराटनगर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको छ । रास्वपाको स्थापनाकालदेखिनै जिल्ला सभापति र जिल्ला संयोजकको जिम्मेवारी पाएका उनलाई अनुशासनको कारबाहीसहित पार्टीको जिम्मेवारीबाट हटाइएको हो ।

बारा संयोजकबाट पदमुक्त भएका स्वर्णकारले हालसम्म आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । आफूलाई विश्वास गरी पार्टीलाई मजबुत बनाउन भूमिका निर्वाह गर्ने सम्पूर्ण बारावासीहरूमा उनले धन्यवाद दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी बारा र मधेस प्रदेश समेतको जिम्मेवारीमा रहँदा गर्नुपर्ने कामहरूमा पार्टीको विधि विधान तथा बारावासी र मधेस प्रदेशवासीहरुको जनभावना बमोजिम गरेको छु । अगामी दिनहरूमा समेत गरिरहने नै छु । हालको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मलाई दिएको सम्पूर्ण जिम्मेवारीहरू बाट अलग भएको मेरा सम्पूर्ण बारावासीहरू लगायत मधेस प्रदेशवासिहरुमा जानकारीको लागि अनुरोध गर्दछु ।’

चन्दनमाथि पार्टी केन्द्रीय अनुशासन आयोगमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको तथा नशालु पदार्थ ख्वाई आशय करणी गरेको भन्दै उजुरी परेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top