×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लेखा समितिको निर्देशन सेनाद्वारा उल्लंघन, प्रक्रिया अघि बढ्यो

१२ बैशाख २०७८

१२ बैशाख, काठमाडौं । संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन उल्लंघन गर्दै नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको प्याकेज–२ को टेन्डर अघि बढाएको छ ।

लेखा समितिले चैत १९ गते आर्थिक प्रतिस्पर्धा नहुने भन्दै टेन्डर रद्द गरी पुनः नयाँ प्रक्रिया सुरु गर्न निर्देशन दिएको थियो ।

पूर्वयोग्यता छनोट गर्दा चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेड मात्रै टेन्डर हाल्न योग्य देखिएपछि आर्थिक प्रतिस्पर्धा नहुने समितिको ठहर छ ।

तर, सेनाले आइतबार सुरुङमार्ग र पुलका लागि गरिएका दुईवटा टेन्डरको नोटिस अफ लेटर अफ इन्टेन (एलओई) जारी गरेको छ।

पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्टिङ इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेज अन्तर्गत पोलि च्याङ्दा इन्जिनियरिङ कर्पोरेसन छनोट भएका छन् ।

चाइना स्टेट कन्स्ट्रक्टिङले १८ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबरको बिड गरेको थियो भने पोलिच्याङदाले २५ अर्ब २ करोड ९२ लाखको बिड गरेको थियो ।

सेनाले चैत २१ मा प्रिक्वालिफिकेसनमा छनोट भएका दुईवटै प्याकेजको आर्थिक प्रस्ताव खोलेर मूल्याङकन गरेको हो ।

दुवै प्याकेजमा प्रि क्वालिफिकेसनमा छनोट भएका कम्पनी प्राविधिक पास भएपछि आर्थिक प्रस्ताव मागिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top