×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विजयकुमार गच्छदारको मनोनयन खारेजीको माग गर्दै उजुरी

२४ आश्विन २०७९

२४ असार, काठमाण्डौ ।
नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका विजयकुमार गच्छदारको मनोनयन खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । गच्छदारविरुद्ध काठमाडौं वडा नम्बर ७ का विवेक अधिकारीले उजुरी दिएका हुन् ।

ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका गच्छदारलाई चुनाव लड्ने नैतिकता नभएको भन्दै उनले खारेजीको माग सहित निवेदन दिएका हुन् । ‘गच्छदारले २०४८ सालदेखि पटकपटक त्यस क्षेत्रबाट निर्वाचित हुँदा राज्य शक्ति पद र पैसाको व्यापक दुरूपयोग गर्दै जनतालाई धम्क्याउँदै डर त्रास र प्रलोभन देखाएर निर्वाचन जितेको र मतगणनामा व्यापक धाँधली समेत गरेको भन्दै सर्वोच्चमा मुद्दा विचाराधीन छ,’ उजुरीमा भनिएको छ, ‘निजमाथि लागेको आरोप फैसला नहुन्जेल निर्वाचनमा भाग लिन रोक लगाइयोस्।’

त्यस उजुरी सुनसरीको निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको आयोगले जनाएको छ । आयोगले आइतबार उम्मेदवारी दर्ता गराएकाविरुद्ध सोमबार उजुरी आब्हान गरेको थियो । त्यहीअनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उजुरी परेको हो ।

२०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर थियो । त्यस प्रकरणमा एकजना मुख्य आरोपी गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए ।

गच्छदारलाई वि.सं.२०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिलाई नामसारी गराएको आरोप छ । ‘गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हो’, उजुरीमा भनिएको छ, ’कानुनतः गच्छदारले चुनाव लड्न पाएता पनि निष्कलंक, स्वच्छ र नैतिकवान उम्मेदवार पाउनु जनताको पनि अधिकार हो।’

प्राप्त उजुरी अध्ययन गरी छानबिन गरिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । कानून अनुसार अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका, भ्रष्टाचार आरोपित र फरार व्यक्तिले उम्मेदवारी दिएर निर्वाचित भए पनि स्वतः निलम्बनमा पर्छन ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top