×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शहरी क्षेत्रका तार दशैँ अगावै व्यवस्थित गर्न प्राधिकरणको निर्देशन

१२ आश्विन २०७६

१२ असोज, काठमाडौँ ।

शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ ।

गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार हटाइदिने बताएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अव्यवस्थित तारका कारण शहरी क्षेत्रमा दुर्घटना बढेको र आगलागीका घटनामा समेत वृद्धि भएकाले नियन्त्रणका लागि पहिलो चरणमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई दशैँअगावै तार व्यवस्थित गर्न आग्रह गरिएको बताए ।

उनले पटकपटक इन्टरनेट सेवाप्रदायक, केवल टेलिभिजन अपरेटर, सङ्घसंस्थालाई आग्रह गर्दा पनि सुनुवाई नभएकाले कानूनी कारवाहीसहित तार व्यवस्थित गर्न आग्रह गरिएको जानकारी दिए । इन्टरनेट तथा केवल सेवाप्रदायकले अनधिकृतरूपमा शहरी क्षेत्रमा तार टाँगेर सौन्दर्य बिगारेका छन् ।

इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाले टेलिफोन तथा बिजुलीको खम्बामा अव्यवस्थितरूपले शहरको सुन्दरतामा नै असर पारेका छन् । काठमाडौँ उपत्यकाका चोकचोकमा तारका कारण समस्या परेको छ । आगलागी हुँदा वरपरका घर तथा आवासमा समेत त्यसले प्रभाव पार्ने गरेको छ ।

केवल अपरेटर तथा इन्टरनेट सेवाप्रदायकले टेलिकम तथा नेपाल विद्युत् प्राधिकरणको खम्बामा टाँगेका तार अलपत्र अवस्थामा छन् । कहीँ पैदल यात्रुलाई समेत पैदल यात्रा गर्न समस्या उत्पन्न भएको छ । लत्रिएका तार व्यवस्थित गर्न प्राधिकरणले यसअघि पनि सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । राजधानीका प्रमुख मानिएका नयाँसडक, अनामनगर, नयाँबानेश्वर, पुतलीसडक, गोङ्गबुलगायतका स्थानमा रहेका अव्यवस्थित तारले दुर्घटना निम्त्याएको छ ।

यस्तै इन्टरनेट सेवाप्रदायक, केवल अपरेटरले टाँगेका तार झुण्ड्याउने तथा सडक पार गराउने लगायतको कार्य गरेकाले शहरको सुन्दरतामा नै ह्रास आएको प्राधिकरणको भनाइ छ । प्रवक्ता अर्यालले शहरलाई सुन्दर राख्न तथा आमनागरिकलाई सुरक्षित एवं व्यवस्थितरूपमा सेवा जडान गराउन यसरी अव्यवस्थितरूपमा सेवा जडान गराउनेलाई कारवाहीको दायरामा ल्याउने बताए ।

प्राधिरकणले अव्यवस्थित तारलाई व्यवस्थित गर्न भूमिगत गर्ने योजना समेत बनाएको छ । अप्टिकल फाइबर जडान गर्ने र सबै सेवा प्रदायकलाई एउटै संरचना प्रयोग गर्ने वातावरण बनाउन लागेको र छलफल जारी रहेको प्रवक्ता अर्यालको भनाइ छ । अव्यवस्थित तार व्यवस्थापन गर्दा पर्न जाने असुविधाप्रति सम्बन्धित पक्ष नै जिम्मेवार हुनेसमेत प्राधिकरणको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले पनि यसअघि नै आफ्ना संरचना प्रयोग गर्नेलाई नियमन गर्ने तयारी गरेको थियो । संरचना प्रयोग गर्ने, तर त्यसवापत सेवा शुल्क नतिर्ने प्रवृत्तिलाई प्राधिरकणले नियन्त्रण गर्न लागेको जनाएको छ । रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top